Siddartha Bank
Prabhu Mahalaxmi

सरकारले दानबहादुर कार्कीलाई आईजीपीबाट हटायो, जिम्मेवारी हेरफेर गरिएको सरकारको स्पष्टिकरण

United Ajod
  • BFIS News
  • 2026 Nov 04 15:09
सरकारले दानबहादुर कार्कीलाई आईजीपीबाट हटायो, जिम्मेवारी हेरफेर गरिएको सरकारको स्पष्टिकरण
Sanima Reliance Life Insurance Company

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएको छ। सरकारले घुमाउरो शैलीमा अपदस्त गर्दै कारबाही नगरेर जिम्मेवारी मात्रै हेरफेर गरेको जनाएको छ। 

Nepal Life
NIMB

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कार्कीलाई प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सुरक्षा सल्लाहकार नियुक्त गर्नु कारबाही नभई जिम्मेवारी परिवर्तन भएको बताएका छन्।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो। उनलाई उक्त जिम्मेवारीमा पठाएपछि सरकारले मनोज केसीलाई नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ।

कार्कीको जिम्मेवारी परिवर्तनलाई कारबाहीका रूपमा व्याख्या गर्न नहुने सरकारका प्रवक्ता पोखरेलको भनाइ छ। उनले कार्कीलाई सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको र नयाँ आईजीपीले प्रहरी संगठनको नेतृत्व सम्हाल्ने बताए।

‘उहाँलाई कारबाहीको रूपमा हेर्न हुँदैन। जिम्मेवारी फेरबदल मात्रै भएको हो। उहाँलाई सुरक्षा सल्लाहकारको रूपमा राख्नुभएको छ। अब नयाँ आईजीपी आउनुभएको छ, उहाँले गर्नुपर्ने आवश्यक काम गर्नुहुन्छ,’ पोखरेलले भने।

सरकारले कार्कीलाई प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकारमा नियुक्त गरेसँगै नेपाल प्रहरीको नेतृत्वमा परिवर्तन भएको छ।

शेयर गर्नुहोस

IME LIFE

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया