हिमालयन लघुवित्तले ५ प्रतिशत लाभांश दिने, बोनस सेयर ४.७५ प्रतिशत
- BFIS News
- 2026 Nov 02 11:40
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
संस्थाको कात्तिक १३ गते बसेको २६२औँ सञ्चालक समितिको बैठकले चुक्ता पुँजी ३४ करोड १० लाख रुपैयाँको आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांशमध्ये ४.७५ प्रतिशत बोनस सेयर रहेको छ। यसअनुसार संस्थाले एक करोड ६२ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ। त्यस्तै, कर प्रयोजनसहित ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ। नगद लाभांशबापत ८ लाख ५२ हजार रुपैयाँ खर्च हुनेछ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1789623352_nimb_ezgif.com_video_to_gif_converter.gif)



 (3) (1).gif)
.gif)
.gif)


.jpg)
.jpg)







प्रतिक्रिया