Siddartha Bank
Prabhu Mahalaxmi

असोज महिनासम्ममा जीवन बीमा कम्पनीको कुल बीमा शुल्क आर्जन ५८ अर्ब ७२ करोड, नेपाल लाइफ अग्रस्थानमा

Sanima Reliance
  • BFIS News
  • 2026 Nov 05 18:26
असोज महिनासम्ममा जीवन बीमा कम्पनीको कुल बीमा शुल्क आर्जन ५८ अर्ब ७२ करोड, नेपाल लाइफ अग्रस्थानमा
United Ajod

काठमाडौं। चालु आर्थिक वर्षको असोज मसान्तसम्म जीवन बीमा कम्पनीहरूले कुल ५८ अर्ब ७२ करोड ९३ लाख २० हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। बीमा प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार यो अवधिमा प्रथम बीमाशुल्क १३ अर्ब ९२ करोड ३५ लाख र नवीकरण बीमाशुल्क ४४ अर्ब ८० करोड ८९ लाख ७० हजार रुपैयाँ रहेको छ।

Siddartha Bank
EBL
Nepal Life

१४ वटा जीवन बीमा कम्पनी, ३ वटा लघु जीवन बीमा कम्पनी तथा वैदेशिक रोजगार म्यादी जीवन बीमा पुल गरी जम्मा ७ लाख ८६ हजार ३ सय ३७ बीमालेख जारी भएका छन्। ती बीमालेखको कुल बीमाङ्क रकम २७ खर्ब ८६ अर्ब ६१ करोड ९ लाख रुपैयाँ पुगेको छ।

असोज महिनाको एक महिनाको अवधिमा मात्रै जीवन बीमकहरूले १७ अर्ब ४३ करोड ७३ लाख ९६ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्, जसमा ५ अर्ब २२ करोड ५७ लाख ६५ हजार प्रथम बीमाशुल्क र १२ अर्ब २१ करोड १६ लाख ३१ हजार नवीकरण बीमाशुल्क रहेको छ। सो महिनामा १ लाख ९६ हजार ३ सय २१ बीमालेख जारी भएका थिए।

कुन कम्पनीको कति?

कुल बीमाशुल्कका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. सबैभन्दा अगाडि छ। कम्पनीले असोज मसान्तसम्म १४ अर्ब ७२ करोड ८९ लाख ६ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ, जसमा ३ अर्ब १५ करोड १२ लाख ८ हजार प्रथम र ११ अर्ब ५७ करोड ७६ लाख ९९ हजार नवीकरण बीमाशुल्क छ। कम्पनीले ९१ हजार ४ सय ९५ बीमालेख जारी गर्दै १ खर्ब १७ अर्ब रुपैयाँ बीमाङ्क रकमको व्यवसाय गरेको छ।

दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि. ले ७ अर्ब ३६ करोड २६ लाख ५ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ, जसमा २ अर्ब ११ करोड ३१ लाख १३ हजार प्रथम र ५ अर्ब २४ करोड ९४ लाख ९२ हजार नवीकरण बीमाशुल्क रहेको छ। कम्पनीले ३४ हजार ८ सय ४५ बीमालेख जारी गरेको छ।

तेस्रो स्थानको लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लि. ले ५ अर्ब ४५ करोड ७८ लाख ४७ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ, जसमा ८१ करोड ३९ लाख ७९ हजार प्रथम र ४ अर्ब ६४ करोड ३८ लाख ६८ हजार नवीकरण बीमाशुल्क छ। कम्पनीले ५ हजार ९ सय ४४ बीमालेख जारी गरेको छ।

चौथो स्थानमा रहेको हिमालयन लाइफ इन्स्योरेन्स लि. ले ५ अर्ब १५ करोड १३ लाख ८५ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ, जसमा ६९ करोड १७ लाख १५ हजार प्रथम र ४ अर्ब ४५ करोड ९६ लाख ७० हजार नवीकरण बीमाशुल्क रहेको छ। कम्पनीले ३ हजार २ सय ९२ बीमालेख जारी गरेको छ।

पाँचौं स्थानमा रहेको राष्ट्रिय जीवन बीमा क. लि. ले ४ अर्ब ८३ करोड १७ लाख ६४ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ, जसमा ३० करोड ३६ लाख १४ हजार प्रथम र ४ अर्ब ५२ करोड ८१ लाख ५० हजार नवीकरण बीमाशुल्क छ। कम्पनीले ७ सय ३७ बीमालेख जारी गरेको छ।

छैटौं स्थानमा रहेको सुर्यज्योति लाइफ इन्स्योरेन्स क. लि. ले ३ अर्ब ५१ करोड ५८ लाख १९ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ, जसमा ८८ करोड ८८ लाख ४१ हजार प्रथम र २ अर्ब ६२ करोड ६९ लाख ७८ हजार नवीकरण बीमाशुल्क रहेको छ। कम्पनीले १५ हजार ७ सय ६१ बीमालेख जारी गरेको छ।

सातौं स्थानमा रहेको एशियन लाइफ इन्स्योरेन्स क. लि. ले २ अर्ब ७८ करोड २५ लाख १० हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ, जसमा ६७ करोड ३३ लाख ८१ हजार प्रथम र २ अर्ब १० करोड ९१ लाख २९ हजार नवीकरण बीमाशुल्क छ। कम्पनीले ३ हजार ३ सय ८७ बीमालेख जारी गरेको छ।

आठौं स्थानमा रहेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लि. ले २ अर्ब ५२ करोड १ लाख ३७ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ, जसमा ७७ करोड २३ लाख ५८ हजार प्रथम र १ अर्ब ७४ करोड ७७ लाख ७९ हजार नवीकरण बीमाशुल्क रहेको छ। कम्पनीले १ लाख ४२ हजार ३ सय ३७ बीमालेख जारी गरेको छ।

नवौं स्थानमा रहेको सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स लि. ले २ अर्ब २४ करोड ५८ लाख ४ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ, जसमा ६४ करोड २२ लाख ६२ हजार प्रथम र १ अर्ब ६० करोड ३५ लाख ४२ हजार नवीकरण बीमाशुल्क छ। कम्पनीले १ लाख ३२ हजार ६ सय ४७ बीमालेख जारी गरेको छ।

दशौं स्थानमा रहेको आइएमई लाइफ इन्स्योरेन्स क. लि. ले २ अर्ब १७ करोड ८२ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ, जसमा ७३ करोड ९४ लाख ६३ हजार प्रथम र १ अर्ब ४३ करोड ६ लाख १९ हजार नवीकरण बीमाशुल्क रहेको छ। कम्पनीले २० हजार ६ सय ८८ बीमालेख जारी गरेको छ।

एघारौं स्थानमा रहेको मेट लाइफ ले १ अर्ब ८६ करोड ७१ लाख ८४ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ, जसमा ४६ करोड ९९ लाख ४७ हजार प्रथम र १ अर्ब ३९ करोड ७२ लाख ३७ हजार नवीकरण बीमाशुल्क छ। कम्पनीले ४९ हजार २८ बीमालेख जारी  गरेको छ।

बाह्रौं स्थानमा रहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स क. लि. ले १ अर्ब ८५ करोड ९ लाख २६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ, जसमा ६० करोड ९८ लाख ८७ हजार प्रथम र १ अर्ब २४ करोड १० लाख ३८ हजार नवीकरण बीमाशुल्क रहेको छ। कम्पनीले ३० हजार ३ सय ५ बीमालेख जारी गरेको छ।

तेह्रौं स्थानमा रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लि. ले १ अर्ब ८४ करोड ५ लाख २२ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ, जसमा ५५ करोड १४ लाख ६४ हजार प्रथम र १ अर्ब २८ करोड ९० लाख ५९ हजार नवीकरण बीमाशुल्क छ। कम्पनीले २३ हजार ३ सय ८७ बीमालेख जारी गरेको छ।

चौधौं स्थानमा रहेको सन नेपाल लाइफ इन्स्योरेन्स क. लि. ले १ अर्ब १९ करोड ६५ लाख ९८ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ, जसमा ३३ करोड २० लाख ६९ हजार प्रथम र ८६ करोड ४५ लाख २९ हजार नवीकरण बीमाशुल्क रहेको छ। कम्पनीले १४ हजार २ सय ७३ बीमालेख जारी गरेको छ।

लघु बीमा र वैदेशिक रोजगार बीमा

३ वटा लघु जीवन बीमा कम्पनीहरूले असोज मसान्तसम्म ३४ करोड २१ लाख ८५ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। गार्डियन माइक्रो लाइफ इ. लि. ले १२ करोड ३७ लाख ४४ हजार, क्रेस्ट माइक्रो लाइफ इ. लि. ले ९ करोड ८६ लाख ६० हजार र लिबर्टी माइक्रो लाइफ इ. लि. ले ११ करोड ९७ लाख ८१ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। तीनवटै कम्पनीले गरी १ लाख ९६ हजार ३ सय २१ बीमालेख जारी गरेका हुन्।

यसैगरी वैदेशिक रोजगार म्यादी जीवन बीमा पुलमार्फत ८६ करोड ५० लाख ४६ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको छ। पुलले २१ हजार ८ सय ९० बीमालेख जारी गर्दै २ खर्ब १८ अर्ब ९० करोड रुपैयाँ बीमाङ्क रकमको जोखिम बहन गरेको छ।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार