Nepal Life

नेको इन्स्योरेन्सद्वारा अस्पताललाई ११ लाख रुपैयाँ सहयोग

Global Ime detail Page
  • BFIS News
  • 2023 Jul Thu 07:04
नेको इन्स्योरेन्सद्वारा अस्पताललाई ११ लाख रुपैयाँ सहयोग
Sanima Reliance

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले सिरहाको धनगढीमाई नगरपालिका, छपराडी स्थित महेन्द्र गेनाई स्मृति प्रसुति तथा बाल कल्याण अस्पताल लाई ११ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

NIMB

देशको निर्जीवन बीमा बजारमा विगत २७ बर्षदेखि सेवा पुर्‍याईरहेको नेको इन्स्योरेन्सले ब्यवसाय विस्तार सँगसगै आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै उक्त रकम सहयोग गरिएको बताएको छ ।

उक्त अस्पतालको भवन भारतीय राजदुतावासको सहयोगमा निर्माण भएको थियो । तर, मेडिकल उपकरण, औषधी लगायतका सामाग्रीहरुको अभाव रहेको पाइएकोले सामाजिक उत्तरदायित्व स्वरुप उक्त रकम प्रदान गरेको कम्पनीले जारी गरेको विज्ञप्तीमा जनाइएको छ । यसबाट मधेशका महिलाहरुको प्रसुती सेवा तथा बालबालिकाको उपचारमा सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ ।  

उक्त रकम अस्पतालमा आयोजित एक समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री अशोक कुमार खड्काले अस्पताल ब्यवस्थापनलाई हस्तान्तरण गरेका हुन।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया