अर्थतन्त्रका सूचक सकारात्मक छन्, नेपालमा लगानी बढ्दैछ : अर्थमन्त्री

  • BFIS News
  • 2023 Nov Mon 15:40
अर्थतन्त्रका सूचक सकारात्मक छन्, नेपालमा लगानी बढ्दैछ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा धेरै विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने दाबी गरेका छन् । 

सोमबार नेपाली कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री महतले यस्तो दाबी गरेका हुन् । उनले नेपालमा लगानी विस्तारै बढ्दै गइरहेको बताए । 

मन्त्री महतले नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी विदेशी पर्यटक भित्रिने दाबी गरे । उनले विदेशी पर्यटकहरूको कारण अर्थतन्त्र चलायमान बन्ने र आर्थिक गतिविधिहरू बिस्तारै बढ्दै जाने बताए । उनले अर्थतन्त्रका सूचकहरू सकारात्मक भइरहेकाले अर्थतन्त्र थप चलायमान बन्ने जानकारी दिए ।  

मन्त्री महतले भन‍‍े, ‘‘लगानी र जग्गा कारोबार विस्तारै बढ्दैछ । आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा धेरै विदेशी पर्यटक आउँदैछन् यो जनवरीसम्मको कुरा गर्ने हो भने । मलाई लाग्छ, अहिलेसम्मकै सबैभन्दा ज्यादा नेपालमा वैदेशिक पर्यटक भित्रिँदैछन्, त्यसले अर्थतन्त्र चलायमान बन्न मद्दत पुग्छ । आर्थिक गतिविधिहरू बिस्तारै बढ्दैछन् । जहाँ निश्चित ठाउँभन्दा बाहिर लगानी भए, त्यसले गर्दा उनीहरूलाई ऋण तिर्न गाह्रो भएको छ ।’’ अर्थमन्त्री महतले अर्थतन्त्र थप चलायमान बनाउन विज्ञहरूसँग थप सुझाव सल्लाह लिएर अघि बढ्ने बताए । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया