NIMB Header 2
Nepal Life

‘नेटा एक्स’को बुकिङ खुल्यो, बैंशाखमा नेपाल आउने मूल्य ५४ लाख

National Life
  • BFIS News
  • 2023 Nov 20 17:36
‘नेटा एक्स’को बुकिङ खुल्यो, बैंशाखमा नेपाल आउने मूल्य ५४ लाख
Sanima Reliance

काठमाडौं। चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले ‘नेटा एक्स’को बुकिङ खुलाएको छ। कम्पनीले वैशाख अन्तिमतिर नेपाली बजारमा ल्याउने तयारीसहित ‘नेटा एक्स’को बुकिङ खुलाएको हो।

Shikhar
NIMB

कम्पनीले यसको मूल्य ५४ लाख रुपैयाँ कायम हुने जनाएको छ। नेटा एक्स ४ वटा भेरियन्टमा उपलब्ध हुने छन्। यो नेटा यूको फ्लागसिप मोडल हो। नेटा यू पनि ४ वटा भेरियन्टमा उपलब्ध छ।

४ हजार ६१९ एमएम लामो नेटा एक्सको ह्‍विलबेस २ हजार ७७० एमएमको छ। १२० किलोवाट क्षमताको मोटर जडान गरिएको एसयुभीको उच्च गति प्रति घण्टा १५० किलोमिटर हो।

यसमा रहेको ७२.०८ किलोवाट आवर (युनिट)को ब्याट्री प्याकले एक पटकको फुल चार्जमा भेरियन्ट अनुसार ४०१ देखि ५०१ किलोमिटरसम्म रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया