युनिलिभरले डाक्यो वार्षिक साधारणसभा, १५८० प्रतिशत लाभांश मंसिर ११ गतेसम्म शेयर किन्नेले पाउने
- BFIS News
 - 2023 Nov 21 11:36
 
                    
काठमाडौं । सर्वाधिक धेरै लाभांश घोषणा गरेको युनिलिभर नेपालले आगामी मंसिर २६ गते ३० औं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले शेयरधनीका लागि चुक्ता पूँजीको १५८० प्रतिशत लाभांश घोषणा गरेको छ । साधारणसभाले उक्त उक्त लाभांश पारित गर्नेछ ।
कम्पनीले साधारणसभा प्रयोजनका लागि मंसिर १२ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । मंसिर ११ गतेसम्म कायम शेयरधनीले मात्रै प्रस्तावित लाभांश पाउनुका साथै साधारणसभामा भाग लिन पाउने छन् ।
युनिलिभरले अहिलेसम्मकै सर्वाधिक धेरै लाभांश दिने भएको हो । दोस्रो बजारमा सबैभन्दा महंगो युनिलिभरले लाभांश पनि सर्वाधिक धेरै दिदै आएको छ ।
                        ![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)







                                                            
                                                            
                                                            
                                                            
                                                            









प्रतिक्रिया