Nepal Life

भोलि अत्यावस्यक कामका लागि मात्रै सवारी साधन प्रयोग गर्न ट्राफिक कार्यालयको निर्देशन

National Life
  • BFIS News
  • 2023 Nov Wed 15:36
भोलि अत्यावस्यक कामका लागि मात्रै सवारी साधन प्रयोग गर्न ट्राफिक कार्यालयको निर्देशन
RBB

काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले भोलि बिहीबार मंसिर ७ गते सर्वसाधारणहरुलाई अत्यावश्यक बाहेकका काममा सवारी साधनको प्रयोग नगर्न निर्देशन दिएको छ । ट्राफिक प्रहरी कार्यालय‍ले सूचना जारी गर्दै भोली काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा विभिन्न समूहले र्‍याली र जुलुसका साथै विरोध प्रदर्शन गर्ने भएकाले काठमाडौँ उपत्यका भरी सवारी आवागमनमा असहजता सिर्जना हुन सक्ने भन्दै यस्तो अनुरोध गरेको हो । 

NIMB

सवारी साधन लिएर निस्कनै पर्ने भएमा पूर्व जानकारी लिएर मात्रै सवारी साधन अवरुद्ध नभएको सडकबाट आवतजावत गर्न ट्राफिकले सुझाएको छ । भोलि बिहीबार राजावादीको समर्थनमा दुर्गा प्रसाई र नेकपा एमालेका नेता महेश बस्नेतको नेतृत्वमा शक्ति प्रदर्शन हुँदै छ । 

शक्ति प्रदर्शनका क्रममा कुनै किसिमको अप्रिय घटना नहोस् भनेर सरकारले नेपाल प्रहरीलाई एकदमै अलर्ट बनाउदै आएको छ । गस्ति तथा सुरक्षाका लागि प्रहरीको संख्या समेत बढाइएको छ । सरकारले विभिन्न स्थानमा प्रदर्शनको लागि निषेधित क्षेत्र भनेर घोषणा समेत गरिसकेको छ । सरकारले निषेध गरेका क्षेत्रमा प्रदर्शन गर्न पाइने छैन । 

दुर्गा प्रसाईले अहिलेको राजनीतिक व्यवस्था प्रति नै धावा बोल्दै राजतन्त्रको वकालत गर्दै आइरहेका छन् । उनको गतिविधिले अहिले समग्र राजनीति नै तरङ्गित हुँदै गइरहेको छ । विद्यमान राजनीतिक नेतृत्व प्रति आम जनताको बितृष्ण बढ्दै गर्दा अहिलेका राजनीतिक दलहरु नै हस्चिकएका छन् ।  

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया