NIMB Header 2
Nepal Life

असारमा मात्रै सरकाको भुक्तानी एक खर्ब २५ अर्ब, भुक्तानी दिन पाइने अवधी तीन दिन बाँकी

National Life
  • BFIS News
  • 2023 Jul 08 04:47
असारमा मात्रै सरकाको भुक्तानी एक खर्ब २५ अर्ब,  भुक्तानी दिन पाइने अवधी तीन दिन बाँकी
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम महिनामा सरकारको  भुक्तानी ह्वात्तै बढेको छ। २१ दिनको अवधिमा एक खर्ब २५ अर्ब सात करोड ३१ लाख भुक्तानी भएको हो। चालु आर्थिक वर्ष २०७९/८० सकिन नौ दिन बाँकी छ। सरकारको भुक्तानी समय तीन दिन मात्र छ । असार २४ गते राति १२ बजेपछि चालु आर्थिक वर्षको भुक्तानी गर्न पाइदैन।

Shikhar
NIMB

भुक्तानीको समय तीन दिन बाँकी हुँदा खर्च बढेको छ। चालु आर्थिक वर्षको असार २१ सम्म सरकारको कुल १३ खर्ब एक अर्ब १३ करोड ८८ लाख भुक्तानी भएको छ। 

असार महिनामा सबैभन्दा बढी भुक्तानी भएको छ। जेठ ३२ सम्म सरकारको भुक्तानी ११ खर्ब ७६ अर्ब छ करोड ५७ लाख रुपियाँ थियो। महालेखा परीक्षकको कार्यालयको दैनिक बजेटरी तथ्यांक अनुसार असारको २१ दिनमा एक खर्ब २५ अर्ब सात करोड ३१ लाख भुक्तानी भएको छ । यो रकम चालु, वित्तीय र पुँजीगत तर्फको हो। 

एकै दिनमा नौ अर्ब भुक्तानी

सरकारले चालु आर्थिक वर्षमा १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख खर्च गर्ने अनुमान गरेको थियो। अहिलेसम्म ७२.५३ प्रतिशत अर्थात् १३ खर्ब एक अर्ब १३ करोड ८८ लाख रुपियाँ खर्च भएको छ। 

आर्थिक वर्षको अन्तिम महिनामा धेरै खर्च गर्ने प्रवृत्तिलाई यो वर्षसमेत रोक्न सकिएको छैन। अब सरकारले तीन दिनमा चार खर्ब ९२ अर्ब ६९ करोड ८५ लाख रुपियाँ खर्च गर्नुपर्नेछ। जुन प्रतिदिन एक खर्ब भन्दा बढी खर्च गर्नुपर्ने देखिन्छ। बिहीबार एकै दिनमा सरकारको भुक्तानी नौ अर्ब ६७ करोड १० लाख रुपियाँ भएको छ।  

विकास खर्चमा २७ अर्ब भुक्तानी 

सरकारले असार लागेसँगै विकास खर्चमा २७ अर्ब बढी भुक्तानी गरेको छ। महालेखा परीक्षक कार्यालयको तथ्यांक अनुसार असार १ गतेबाट २१ गतेसम्म विकास खर्चतर्फ २७ अर्ब ३८ करोड ९० लाख रुपियाँ भुक्तानी भएको देखिएको छ। जेठ ३२ गतेसम्म पुँजीगत खर्च एक खर्ब ५३ अर्ब आठ करोड ४२ लाख अर्थात ४० प्रतिशत भएको थियो भने अहिले यो बढेर एक खर्ब ८० अर्ब ४७ करोड ३२ लाख रुपियाँ अर्थात ४७.४४ प्रतिशत पुगेको छ। 

सरकारले चालु आर्थिक वर्षमा तीन खर्ब ८० अर्ब ३८ करोड ४५ लाख पुँजीगत खर्च गर्ने लक्ष्य राखेको छ। अहिलेसम्म एक खर्ब ८० अर्ब ४७ करोड ३२ लाख अर्थात ४७.४४ प्रतिशत खर्च भएको छ। 

६२ प्रतिशत राजस्व संकलन 

सरकारले असार २१ गतेसम्म लक्ष्यको ६२.४५ प्रतिशत राजश्व संकलन गरेको छ। सरकारले १४ खर्ब तीन अर्ब १४ करोड ७० लाख राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा अहिलेसम्म आठ खर्ब ७६ अर्ब २५ करोड ९६ लाख  संकलन भएको छ। असारको २१ दिनमा ३९ अर्ब ४० करोड ५३ लाख रकम राजस्व संकलन भएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया