युनिलिभरको १५८० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
- BFIS News
- 2023 Nov Mon 10:42
काठमाडौं । युनिलिभर नेपालको आकर्षक लाभांश आजसम्म कायम शेयरधनीले मात्रै पाउने छन् । कम्पनीले १५८० प्रतिशत लाभांश घोषणा गरेको छ । सर्वाधिक धेरै लाभांश घोषणा गरेको युनिलिभरले आगामी मंसिर २६ गते ३० औं वार्षिक साधारणसभा डाकेको छ ।
कम्पनीले साधारणसभा प्रयोजनका लागि मंसिर १२ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । युनिलिभरले अहिलेसम्मकै सर्वाधिक धेरै लाभांश दिने भएको हो । दोस्रो बजारमा सबैभन्दा महंगो युनिलिभरले लाभांश पनि सर्वाधिक धेरै दिदै आएको छ ।
प्रतिक्रिया