NIMB Header 2
Nepal Life

सि जि मोटर्सको तीन नयाँ शोरुम सञ्चालनमा

National Life
  • BFIS News
  • 2023 Nov 27 13:01
सि जि मोटर्सको तीन नयाँ शोरुम सञ्चालनमा
Sanima Reliance

काठमाडौं । इभी नेटा भी , ११ सिटर सिजि केवाइसी भ्यान, १४ र १९ सिटर किङ्लोङ भ्यानको अधिकारिक बिक्रेता सिजि मोटर्सले ग्राहकहरुको सहजताको लागि नेपालका तीन नयाँ स्थानहरुमा नयाँ शोरुम खोलेको छ।

Shikhar
NIMB

तीन स्थानहरु बिर्तामोडमा फोटेक्स डिस्ट्रिब्यूटर, वीरगन्जमा मिनोल्टा इन्भेष्टमेन्ट तथा धनगढिमा ब्रम्हा मोटर्सले डिलरशिप पाएर शोरुम सन्चालनमा लिएर आएका हुन । शोरुमका साथै ग्राहकहरुको सुविधाका लागि तीनैवटा स्थानहरुमा सर्भिस स्टेशन पनि छिटै नै सन्चालनमा आउने कम्पनीले जनाएको छ । 

सिजि मोटर्सले बिक्रि गर्ने नेटा भी हाल इभी पारखीहरुमाझ लोकप्रिय रहेको छ । मुख्यतया यसको मूल्य तथा यसले दिने सुविधाहरु तथा ३८० किमिको रेन्जले गर्दा नेटा भी ग्राहकहरुको पहिलो रोजाइको रुपमा स्थापित भएको छ । १७० मि मि को ग्रोउन्ड किलिरेनश भएको नेटा भि मा ८ बर्ष अथवा १ लाख ५० हजार कि मि को वारेण्टी रहेको छ। साथै नेपालको सर्वाधिक बिक्रीहुने इे भि भ्यान सिजि केवाइसी तथा किङ्लोङ शहज तथा सुलभ किस्तामा पाउन सकिने कम्पनीले जनाएको छ । कम्पनीले यसअघि काठमाडौंको नक्साल र पोखरा मा आफ्नो शोरुम खोलेर बिक्री बितरण गर्दै आइरहेको छ।

कम्पनीले चाँडैनै बिराटनगर, लाहान, हेटौंडा, भक्तपुर, चितवन, बुटवल, कोहलपुर मा बिस्तारित नयाँ शोरुम सहित सर्भिसको सुबिधा उपलब्द गराउने जानकारी दिएको छ। हाल नेपालभर ५० भन्दा धेरै चार्जिङ सेवा दिदै आइरहेको र थप ५० ठाउँमा चार्जिङ सुबिधा उपलब्द गराउने उल्लेख गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया