Nepal Life

सुनको भाउ अहिलेसम्मकै सर्वाधिक महंगो, तोलाको एक लाख १७ हजार ४०० रुपैयाँ

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Mon 13:17
सुनको भाउ अहिलेसम्मकै सर्वाधिक महंगो, तोलाको एक लाख १७ हजार ४०० रुपैयाँ
Sanima Reliance

काठमाडौं । सुनको भाउ अहिलेसम्मकै सर्वाधिक महंगो भएको छ । आइतबार सुनको भाउ प्रति तोला ५०० रुपैयाँले बढेर एक लाख १७ हजार ४०० रुपैयाँमा कायभ भएको छ । आजको मूल्यले यस भन्दा अगाडीको सर्वाधिक धेरैको रेकर्डलाई तोडेको हो । यस भन्दा अगाडी कात्तिक १२ गते १ लाख १७ हजार पुगेको थियो । 

NIMB

तेजावी सुनको भाउ प्रतितोला १ लाख १६ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तोजावी सुनको भाउ १ लाख १६ हजार ३५० रुपैयाँ तोकिएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य तोलाको २५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो १ हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको कारोबारका आधारमा सुन चाँदीको भाउ निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ०१२ दशमलव ९९ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २४ दशमलव ६७ डलरमा कारोबार भइरहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया