Nepal Life

सामाजिक सुरक्षा कोष छैटौँ वर्षमा प्रवेश, ४ लाख ३१ हजार श्रमिकहरू मार्फत झण्डै ४५ अर्बको योगदान

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Mon 22:00
सामाजिक सुरक्षा कोष छैटौँ वर्षमा प्रवेश,  ४ लाख ३१ हजार श्रमिकहरू मार्फत झण्डै ४५ अर्बको योगदान
Sanima Reliance

काठमाडौं । असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगार भन्ने मुल नाराका साथ आज भन्दा ठीक छ वर्ष अगाडी योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम शुभारम्भ भएको दिनको अवसरमा मनाउन शुरु गरिएको यो सामाजिक सुरक्षा दिवस आज छैटौँ वर्षमा प्रवेश गरेको छ। 

NIMB

यस छैटौँ सामाजिक सुरक्षा दिवसको अवसरमा सामाजिक सुरक्षा कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको प्रारम्भ, विकाश र विस्तारमा सहयोग पुर्याउनुका साथै सर्वाङ्गिण विकासमा प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग पुर्याउने प्रधानमन्त्री, पुर्व प्रधानमन्त्रीहरु, मन्त्री, पूर्व मन्त्रीहरु, संचालक समितिका अध्यक्ष तथा सचिव, संचालक समितिका पूर्व अध्यक्ष, संचालक समितिका सदस्यहरु, पूर्व सदस्यहरु, कर्मचारीहरु, सेवा प्रवाह गर्ने अस्पतालहरु, विभिन्न श्रम संगठनहरु, रोजगारदाता सस्थाहरु, पत्रकार मित्रहरु, योगदानकर्ताहरु, सरकार, अन्य स्वदेशी तथा विदेशी सरोकारवालाहरु र सम्पूर्ण नेपाली र गैर आवासीय नेपाली नागरिकहरु लगायत सबैप्रति हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ । 

२०६७ चैत्र ६ गते सामाजिक सुरक्षा कर संकलनका लागि प्रारम्भ भएको यस कोषले आफ्नो स्थापना कालदेखि विभिन्न आरोह अवरोहका बीच बाह्र वर्ष पुरा गरिसकेको छ भने योगदानमा आधारित सामाजिक सुरक्षा योजना संचालनमा आएको आज छैटौँ वर्षमा प्रवेश गरेको छ । २०७५ मंसिर ३ गतेको मन्त्री परिषदको निर्णयले आजको दिनलाइ सामाजिक सुरक्षा दिवसको रुपमा घोषणा भई मनाउने निर्णय भए अनुरुप हरेक वर्ष सामाजिक सुरक्षा दिवस मनाउने गरिएको हो ।    

नेपालको संविधानले मौलिक हकको रुपमा श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा स्थापित गरेपश्चात जारी भएको श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ लगायत अन्य कानुनी पुर्वाधारहरूको व्यवस्था भएपश्चात २०७५ मङसिर ११ मा योगदानमा आधारित सामाजिक सुरक्षा योजना औपचारिक रुपमा सञ्चालनमा आएको हो। 

सामाजिक सुरक्षा कोष श्रम संगठन, रोजगारदाता र सरकार समेतको त्रिपक्षीय प्रयास एवं समझदारीबाट यो अवस्थामा आइपुगेको हो। अहिलेको अवस्था सामाजिक सुरक्षा योजना कार्यान्वयनको दृष्टिबाट सुरुवात मात्र हो। कार्यान्वयनका क्रममा देखिएका कानुनी अष्पष्टता तथा व्यवहारिक कठिनाइहरुको समाधान गर्ने र सुरक्षा अवधारणाको पर्याप्त मात्रामा बुझ्ने तथा बुझाउने कार्य त्रिपक्षीय रुपमा हुँदै आइरहेका छन्।

सबैका लागि सामाजिक सुरक्षा प्रदान गर्ने यस अभियानलाइ सार्थक बनाउन कोष परिवार कटिबद्ध भएर अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ । यस अवधिमा कोषवाट संपादित मूख्य गतिविधिहरु निम्न अनुसार रहेका छन् । 

1)    औपचारिक क्षेत्रका लागि सञ्चालितः सामाजिक सुरक्षा योजना संचालन कार्यविधि, २०७५ मा समय सापेक्ष संशोधन गर्दै सुबिधाहरुलाई योगदानकर्तामैती बनाउदै लगिएको छ। कार्यविधिको तेश्रो संशोधनले योगदानकर्ताको पति वा पत्नीको समेत औषधी उपचार खर्च र योगदानकर्ताको घातक रोगको दश लाख सम्मको उपचार खर्च कोषले भुक्तानी गर्ने गरी सुविधा थप भएकोमा योगदाकर्ताको सन्ततीलाई समेत औषधी उपचार प्रदान गर्ने गरी सुविधाको विस्तार गर्ने योजना रहेकोछ। 

2)    वैदेशिक रोजगारीमा रहेका नागरिकहरुलाई समेत सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने गरी गत चैत्र ८ गतेबाट नै कार्यबिधि कार्यान्वयनमा आई आजसम्म ४ लाख ६८ हजार योगदानकर्ता कार्यबिधि बमोजिमको सुविधा प्राप्त गर्ने गरी कोषमा सुचिकृत भइसकेका छन् । यसै गरी अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिहरुका लागि समेत सामाजिक सुरक्षा योजना कार्यान्वयनमा रहेको र सो का लागि बिभिन्न पालिकाहरुसंग सम्झौता समेत भइसकेको छ । आज भन्दा छ वर्ष अघि औपचारीक क्षेत्रबाट शुरु भएको सामाजिक सुरक्षा कार्यक्रम अनौपचारिक, स्वरोजगार र वैदेशिक क्षेत्रमा समेत लागु भई कोषको दायरा बिस्तार हुनुका साथै सबैको लागि सामाजिक सुरक्षाको लक्ष्य प्राप्तिमा सहजता भएको छ। 

3)    कोषमा हालसम्म औपचारिक क्षेत्रका ४ लाख ६२ हजार ४ सय र बैदेशिक क्षेत्रका ४ लाख ६८ हजार ५ सय गरी करिब ४ लाख ३१ हजार श्रमिकहरू आवद्ध भइसकेका छन् भने अनौपचारिक क्षेत्रको कार्यविधि कार्यान्वयका लागि ७ वटा पालिकाले सम्झौता गरिसक्नु भएको र अन्य पालिकाहरू सम्झौता गर्ने क्रममा रहेका छन् । यसैगरी आजका मितिसम्म कोषमा योगदानकर्ताको योगदान वापत रु ४४ अर्व ८६ करोड १४ लाख रकम जम्मा भइसकेकोछ। 

4)    कोषले सञ्चालन गरिरहेका सुरक्षा योजनाहरू अन्तर्गत योगदानकर्तालाई सुविधा दिने कार्य निरन्तर रुपमा अघि बढेको छ। आजसम्म कोषले सञ्चालन गरेको औषधी उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा १ लाख ४३ हजार २४२ ओटा दाबी वापत रु ७६ करोड २५ लाख ५९ हजार, दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा ३ हजार ६८५ ओटा दाबी वापत रु ८ करोड ७७ लाख २९ हजार, आश्रित परिवार सुरक्षा योजना अन्तर्गत ४१४ श्रमिकका परिवारलाई ११ करोड ३० हजार र वृद्धावस्था सुरक्षा योजना अन्तर्गत ५ अर्ब ४९ करोड ६३ लाख ५० हजार गरी जम्मा ६ अर्ब ४५ करोड ६६ लाख ६८ हजार योगदानकर्ता र निजको परिवारलाई भुक्तानी गरिसकेको छ।

5)    कोषले सञ्चालन गर्ने स्वास्थ्य उपचार तथा मातृत्व सुरक्षा योजना र दुर्घटना योजना अन्तर्गतका सुविधाहरु यसै आर्थिक वर्ष देखि योगदानकर्ताले कोषको प्रणालीसंग आवद्ध स्वास्थ्य संस्थामार्फत सोझै नगद रहित रुपमा नै प्राप्त गर्ने व्यवस्था गरेको छ। हाल कोषको सुविधा प्रदान गर्ने अस्पतालको संख्या ७० रहेकोमा यो संख्या क्रमस बढाउदै लाने कोषको नीति रहेको छ।

6)    कोषले चालु आर्थिक वर्षको लागि योगदानकर्ताको योगदान रकममा बार्षिक ७.५ प्रतिशतका दरले व्याज तर तोकेकोछ। यसका अतिरिक्त योगदान रकममा प्रतिफल समेत प्रदान गर्दै आएकोछ। यस्तो प्रतिफल रकम आ.व. २०७८/०७९ मा व्याजका अतिरिक्त योगदान रकमको १.२५% का दरले सम्बन्धीत खातामा जम्मा गरीएको थियो।  यसै गरी योगदानकर्ताहरू लाई कोषले धितोमा आधारित घर र शैक्षिक सापटीको लागि बार्षिक ९.२५ प्रतिशत र विशेष सापटीका लागि बार्षिक ८.६ प्रतिशत व्यज दर कायम गरेकोछ। योगदानकर्ता सापटी अन्तर्गत हाल सम्म ९७६४ जना योगदानकर्ताले कुल १ अर्व ७५ करोड ६० लाख सहुलियत पूर्ण व्याज दरमा सापटी उपयोग गरिरहेका छन् । 

7)    कोषको संगठनात्मक बिस्तार गरी केन्द्रीय कार्यालयको अतिरिक्त बिराटनगर, सिमरा, बुटवल, नेपालगन्ज र पोखरामा कार्यालय स्थापना गरि सेवा प्रवाहमा योगदानकर्ताको पँहुच बृद्धि गरिएको छ। 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया