NIMB Header 2
Nepal Life

रुकुमपूर्वमा अटो दुर्घटना, एकै घरका दुई जनाको मृत्यु

National Life
  • BFIS News
  • 2025 Nov 02 10:43
रुकुमपूर्वमा अटो दुर्घटना, एकै घरका दुई जनाको मृत्यु
Sanima Reliance

रुकुमपूर्व, कात्तिक १६ गते रुकुमपूर्वको भूमे गाउँपालिका–१ पञ्चासेमा भएको अटो दुर्घटनामा एकै घरका दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

Shikhar
NIMB

शनिबार साँझ करिब पौने ६ बजेतिर लुगुमबाट ब्राहतालतर्फ जाँदै गरेको रा १ ह ६७९७ नम्बरको अटो पञ्चासेस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा भूमे–१ की ३० वर्षीया रेजिना घर्ती र २५ वर्षीया फिसोल्टी (सबिता) घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमाशङ्करप्रसाद यादवले जानकारी दिनुभयो।

मृतक दुवै जना जेठानी–देउरानी भएको जनाइएको छ। घटनास्थलबाट उद्धार गरी रुकुमपूर्व अस्पताल ल्याइएपछि चिकित्सकले दुवैलाई मृत घोषित गरेका थिए। शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ।

दुर्घटनामा भूमे–१ की २६ वर्षीया प्रतिक्षा बुढा, उहाँका ११ महिनाका छोरा सुभम बुढा, २५ वर्षीया ब्युटी पुन, पुनकी २ वर्षीया छोरी समृद्धि पुन, र ३ वर्षीया सक्षम घर्ती घाइते भएका छन्। उनीहरू उपचारपछि डिस्चार्ज भएका छन्।

दुर्घटनापछि फरार भएका अटो चालक ३० वर्षीय जोतिलाल (जोते) घर्तीलाई आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ। अटो मध्यपहाडी लोकमार्गबाट करिब ३०० मिटर तल खसेको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया