Nepal Life

सुनको मूल्यमा हरेक दिन नयाँ रेकर्ड, तोलाकै १ लाख १९ हजार ३०० रुपैयाँ पुग्यो

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Wed 12:38
सुनको मूल्यमा हरेक दिन नयाँ रेकर्ड, तोलाकै १ लाख १९ हजार ३०० रुपैयाँ पुग्यो
Sanima Reliance

काठमाडौं । विश्व बजारमा सुनको भाउ आकाशिदा नेपाली बजारमा पनि हरेक दिन नयाँ नयाँ रेकर्ड बनिरहेको छ । लगातार तीनदेखि नयाँ रेकर्ड बनाएको सुनको भाउ प्रति तोला एक लाख १९ हजार ३०० रुपैयाँ पुगेको छ । 

NIMB

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १६ सय रुपैयाँले बढेर १ लाख १९ हजार ३०० रुपैयाँ कायम भएको हो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ७५० रुपैयाँ निर्धारण भएको छ । 

यसअघि सोमबार (मंसिर १२ गते) छापावाल सुन हालसम्मकै उच्च तोलाको १ लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार १५० रुपैयाँ निर्धारण भएको थियो । यता, आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १५ सय २० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १५ सय रुपैयाँ कायम रहेको थियो । 

इजरायल–प्यालेस्टिन द्वन्द्वको प्रभावले गर्दा सुनको मूल्य बढिरहेको विश्लेषण गरिएको छ । पछिल्लो केही दिनदेखि दुई राष्ट्रबीच युद्धविराम भएता पनि युद्धको अनिश्चितता कारण पनि लगानीकर्ताहरुमा त्रास देखिएको हो । जसका कारण सुरक्षित लगानीको लागि सुनमा लगानी बढ्दा भाउ बढेको विश्लेषकहरुको भनाइ रहेको छ । 

यस्तै, अमेरिकी डलरको बढ्दो विनिमय दरका कारण लगानीकर्ताहरु सुरक्षित लगानीको रुपमा सुनतर्फ आकर्षित हुँदा पनि मूल्य प्रभावित भएको हो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ०४३.८५ डलर र चाँदी प्रतिऔंस २४.९८ डलरमा कारोबार भइरहेको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया