Nepal Life

पेट्रोल र डिजेलको भाउ घट्यो, ग्याँसको मूल्य यथावत

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Thu 21:51
पेट्रोल र डिजेलको भाउ घट्यो, ग्याँसको मूल्य यथावत
Sanima Reliance

काठमाडौं । नेपाल आयल निगमले डिजेल र पेट्रोलको भाउ घटाएको छ । आजै राती १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य २ रुपैयाँ र डिजलेको मूल्य ४ रुपैयाँले घटाएको हो । 

NIMB

पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयाँ, डिजेल तथा मट्टीतेलको भाउ प्रतिलिटर ४ रुपैयाँले घटाइएको छ । तर, खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखिएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट बिहीबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर २ रुपैयाँ १२ पैसा, डिजेलटको ४ रुपैयाँ ०९ पैसाले घटेर आएको थियो ।

तर, खाना पकाउने ग्यासको भने प्रति सिलिण्डर २१ रुपैयाँ १४ पैसाले बढेर आएको निगमले जनाएको छ । यद्यपि, आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै ग्यासको मूल्यमा भने ३०० रुपैयाँ नोक्सानी भएता पनि यथावत राखिएको जनाएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया