Nepal Life

नेप्सेका सिल्ली मिस्टेकलाई देखाउदै अर्को एक्सचेन्ज ल्याउनु कत्तीको जायज ? आखिर नयाँ स्टक एक्सचेन्ज कसका लागि ?

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Sat 05:22
नेप्सेका सिल्ली मिस्टेकलाई देखाउदै अर्को एक्सचेन्ज ल्याउनु कत्तीको जायज ? आखिर नयाँ स्टक एक्सचेन्ज कसका लागि ?
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्जका कतिपय 'सिल्ली मिस्टेक'ले नयाँ स्टक एक्सचेन्जको आवाजलाई बुलन्द बनाउने गरेको छ । जव जव नेप्सेको कारोबारमा अवरोध आउछ तव तव दुई वटा स्टक एक्सचेन्ज हुँदा के हुन्छ भन्ने थाहै नभएकाहरु समेत नयाँ स्टक एक्सचेन्ज चाहियो भन्दै चर्को स्वरमा बोल्न थाल्छन् ।

प्रणालीमा आउने समस्या नेपालको स्टक एक्सचेन्जमा मात्रै होइन विश्वका जुनसुकै स्टक एक्सचेन्जमा पनि आउछ । जापान जस्तो देशमा पनि केहि समय अगाडी स्टक एक्सचेन्जको प्रणालीमा समस्या देखिदा दिनभर कारोबार अबरुद्ध भयो । नेप्सेमा पनि कहिले मानवीय त कहिले प्रविधिका कारणले समस्या देखिने गरेको छ । यस्तै साना तिना मिस्टेकलाई देखाएर अर्को नयाँ स्टक एक्सचेन्जको महशुस गर्नु कत्तीको जायज भन्ने प्रश्न सबै लगानीकर्ता माझ तेर्सिरहेको छ ।

नेप्सेले अनलाइन कारोबारको सुरुवात गर्ने समयमा कयौ दिन कारोबार अवरुद्ध भयो । यतिवेला लगानीकर्ता, विश्लेषक मात्रै होइन नियामक निकाय नेपाल धितोपत्र बोर्ड समेत नयाँ स्टक आवस्यक छ भन्दै मिडिया बाजी गर्थ्यो । नेपालमा नयाँ स्टक एक्सचेन्जका लागि सबैभन्दा धेरै वकालत कसैले गरेको छ भने त्यो नेपाल धितोपत्र बोर्ड नै हो ।

पहिलो पटक, डा. शुरवीर पौडेल बोर्डको अध्यक्ष हुँदा स्टक एक्सचेन्ज थप्ने पहल गरेका थिए । पौडेलले आवेदन मागेका थिए, आवेदन परेको पनि थियो तर त्यसलाई टुंगोमा पुर्‍याउन सकेनन् । उनी अवकाश भए ।

वर्षभरीमा २०–२२ अर्ब रुपैयाँको कारोबार हुने तात्कालिन समयमा अर्को स्टक एक्सचेन्जको आवश्यक छ भन्दा कसैले पत्याउने कुरा पनि थिएन । त्यतिबेला पनि नयाँ स्टक एक्सचेन्जका लागि ४ वटा निवेदन परेका थिए ।

दोस्रो पटक, डा. रेवतबहादुर कार्की अध्यक्ष हुँदा अर्को स्टक एक्सचेन्जको कुरा उठाए । हाम्रो अध्ययनले अर्को एक्सचेन्जको आवश्यकता औंल्यायो भन्ने तर्क उनले अगाडि सारेका थिए । तर त्यो अध्ययन सार्वजनिक भएन । अर्को स्टक एक्सचेन्ज पनि आएन । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का तात्कालिन प्रमुख कार्यकारी अधिकृतसँगको व्यक्तिगत टकरावका कारण कार्कीले अर्को एक्सचेन्जको हौवा फैलाएका हुन भन्ने सबैले बुझेका थिए ।

तेस्रो पटक, भिष्मराज ढुङ्गानाले पनि नयाँ स्टक एक्सचेन्जका लागि अध्ययन गरिएको बताएका थिए । तर उनको कार्यकालमा नयाँ स्टक एक्सचेजका लागि ठोस रुपमा कुनै प्रकृयाँ अगाडी बढेनन् । सर्वोत्तम सिमेन्टको भित्रिकारोबारमा मुझिए पछि उनलाई सरकारले बर्खास्त गर्यो ।

चौथो पटक, रमेश हमालले नयाँ स्टक एक्सचेन्जको प्रकृयाँलाई टुङ्गोमा पुर्याउने तरखरमा छन् । संसददेखि अदालतसम्मका सम्पुर्ण अवरोधलाई चिरेर कार्यकालको अन्तिम क्षणमा भए पनि सार्थक बनाउने प्रयत्नमा उनि छन् ।

आम जनतालाई नयाँ स्टक एक्सचेन्ज आयो भने कारोबारमा कसरी सहजता हुन्छ भन्ने हो । यदि नेप्सेले जसरी कारोबार गरिरहेको छ भोलि नयाँ आउने स्टक एक्सचेन्जले पनि यहि यसरी नै कारोबार गर्छ भने दोस्रो स्टक एक्सचेन्जको आवश्यकता किन पर्यो ? ल दुई वटा स्टकको आवश्यकता महशुश गरेकै लगानीकर्ताले सोचे जस्तो इन्ट्र डे कारोबार हुन्छ कि हुँदैन ? डेरिभेटिभ कारोबार हुन्छ कि हुँदैन ?

अहिलेकै अवस्थामा अर्को स्टक एक्सचेन्ज आयो भने माथिका कुनै पनि प्रश्नको उत्तर हामी सँग छैन । विद्यमान ऐन नियमावली विनियमावलीका आधारमा नयाँ स्टक एक्सचेन्ज आयो भने पनि अहिले विद्यमान नेप्सेले गरेका काम बाहेक केहि पनि गर्न सक्दैन । यहि कानुनी संरचनामा काम गर्ने भएकाले अहिले लगानीकर्ताले अपेक्षा गरे जस्तो कुनै पनि हुनेवाला छैन । यसले पनि नेप्सेले अहिले जे गरिरहेको छ त्यो बाहेक अरु केहि गर्ने अवस्था देखिदैन ।

ल प्राविधिक रुपमा बलियो हुन्छन् भनौ भने पनि प्रविधिमा आउने कमजोरीलाई पुर्ण रुपमा समाधान पक्कै पनि गर्न सकिदैन । नेपाल जस्तो देशमा इन्ट्रा डे कारोबार, सर्ट सेलिङ, डेरिभेटिभ कारोबार महत्वकाक्षा मात्रै हो । दक्षिण एशियामै भारत बाहेक अन्य कुनै पनि देशमा यस्तो कारोबार हुँदैन । हामी भारतको शेयर बजारलाई हेरेर नेपालमा यो छैन त्यो छैन भनिरहेका हुन्छौ । जवकी नेपालको शेयर बजार र भारतको शेयर बजार एक अर्कामा तुलनायोग्य छैन ।

भारतको शेयर बजारको डेड दुई सय वर्षको इतिहास छ । नेपाल भन्दा भारतको अर्थतन्त्र धेरै गुणा ठुलो छ । भारतमा जस्ता सुकै लगानीकर्ताले कारोबार गर्ने प्ल्याटफर्म छ । सर्वसाधारणदेखी संस्थागत लगानीकर्ताका लागि छुट्टा छुट्टै औजारहरु छन् । विभिन्न हण्डर खादा खादै खरिदै आएको छ । त्यसमा पनि भारत विश्वकै टप टेन स्टक मार्केट भित्र पर्छ भने नेपाल विश्वको सबैभन्दा तल्लो सूचीमा पर्छ । भारतको बजारलाई हेरेरै नेपाली लगानीकर्ताहरुमा धेरै नै हिनता बोध देख्न सकिन्छ । यहि हिनताबोधले गर्दा बहुसंख्या लगानीकर्ताहरुले नयाँ स्टक एक्सचेन्जको लागि श्वर मच्चाइरहेका छन् । जवकी नेपालको शेयर बजार भारतको शेयर बजारको सानो हिस्सा जति पनि छैन ।

नयाँ स्टक एक्सचेन्ज चाहिन्छ भन्नेहरुको तर्क

नेपालमा दोस्रो स्टक चाहियो भनेर दावाहरु सँग खासै ठोस आधारहरु छैन । कसैले पनि दरिलो तर्क दिन सकेको पाइदैन । शेयर बजारमा हल्ला मच्चाउनेहरुले सबैभन्दा धेरै उदाहरण नेपाल टेलिकम र एनसेललाई दिन्छन् । यो बाहेक अधिकाम्सले अर्को तर्क नै दिदैनन् । 

अहिले जसरी नयाँ स्टक आउदा नेपालको शेयर बजार राम्रो हुन्छ, बजारमा प्रतिस्पर्धा हुन्छ त्यस पछि शेयर बजारमा कायापलट हुन्छ भनेर तर्क गरिरहेका छन् ति सबै झुटका खेति हुन् । यदि अहिले भइरहेको शेयर बजारमै उहि किसिमका इन्ट्रुमेन्टमा काम गर्ने हो भने अहिलेको भएको नेप्सेलाई जनकपुर चुरोट कारखाना बनाउने बाहेक अर्को कदम हुने देखिदैन । भोलि निजी स्तरबाट यहि काम गर्न अर्को स्टक एक्सचेन्जलाई लाइसेन्स दिने वित्तीकै तुलनात्मक रुपमा निजी कम्पनीले नै राम्रो सेवा सुविधा दिन्छ । नेप्सेमा सूचिकृत कम्पनीहरुले नयाँ स्टक एक्सचेन्जमै जाने सम्भावना उत्तीकै रहन्छ । यस पछि नेप्सेको आम्दानी स्वत घट्छ र नेप्सेलाई डुबाउने काम हुन्छ । होइन नेप्सेले भन्दा पनि नराम्रो काम गर्यो भने पक्कै पनि त्यो कम्पनीका लगानीकर्ता डुब्ने छन् । नेपालको बजारलाई हेर्दा भोलिका दिनमा कुनै न कुनै एउटा एक्सचेन्ज डुब्नेमा दुई मत छैन । जो डुबे पनि राष्ट्रको हितमा छैन । 

त्यसमा पनि बोर्डले स्टक एक्सचेन्जको कमिशन घटाइदियो भने झन् आम्दानी घट्नेछ । नयाँ स्टक एक्सचेन्ज थपिदैमा शेयर बजारको आकार केहि बढ्ला तर त्यो दुबैका लागि फिजिवल हुने देखिदैन । यसले गर्दा भोलिका दिनमा नेपालको शेयर बजार पनि नाइजेरियाकै जस्तो नहोला भन्न सकिदैन । नाइजेरियामा पनि निजिलाई लाइसेन्स दिए पछि स्टक एक्सचेन्ज ध्वस्त भएर कोल्याप्त नै भएको थियो । बंगलादेश, भारत, पाकिस्तानमा पनि त्यस्तै भएको थियो । अहिले बंगलादेश र भारतमा मात्रै दुई वटा स्टक एक्सचेन्ज रहेका छन् भने पाकिस्तान लगायतका देशमा एउटा मात्रै स्टक एक्सचेन्ज रहेको छ ।

भारतमा कम्पनीहरुलाई दुई मध्ये एउटा स्टक एक्सचेन्ज रोज्ने सुविधा रहेको छ । बंगालदेशमा दुई वटा स्टक एक्सचेन्ज अस्तित्वमा रहे पनि ढाका स्टक एक्सचेन्ज मात्रै राम्रो सँग सञ्चालन भइरहेको छ । अर्को स्टक एक्सचेन्जको अवस्था दयनिय छ ।

दुई वटा स्टक एक्सचेन्जमा कसरी हुन्छ कारोबार

यदि दुई वटा स्टक एक्सचेन्जमै कारोबार गर्ने हो भने क्लोजिङ प्राइस मिलाउनु पर्छ ।

 

अन्तर्राष्ट्रिय परिवेश

संसारमा अहिले परम्परागत धितोपत्र कारोबार गर्ने गरी नयाँ स्टक एक्सचेन्ज खोल्ने कल्पना पनि गरिन्न । भएकै एक्सचेन्जहरु धमाधम एकीकरणमा गएका छन् । एक्सचेन्जहरुको स्वामित्वमा एकीकरण भएको छ, स्वामित्व एकीकरण हुन नसकेका एक्सचेन्जहरुबीच सञ्चालनमा एकीकरण तथा रणनीतिक साझेदारी भएका छन् ।

छिमेकी मुलुक पाकिस्तानमा लाहौर, इस्लामावाद र कराँचीलाई केन्द्र बनाएर सञ्चालित तीन वटा स्टक एक्सचेन्ज एक भएर पाकिस्तान स्टक एक्चसेन्ज बनेको छ । भारतका २२ वटा एक्सचेन्ज लगभग अस्तित्वविहीन भएका छन् । दुई ठूला बम्बई स्टक एक्सचेन्ज र नेसनल स्टक एक्सचेन्जले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कारोबार गरिरहेका छन् ।

चीनमा सांघाई र सेन्जेन दुई ठूला स्टक एक्सचेन्ज छन्। यीनीहरुले अर्को ठूलो हङकङ स्टक एक्सचेन्जसँग ट्रेडिङ प्लेटफर्म साझेदारी गर्छन। थाइल्याण्ड, सिंगापुर र मलेसियाका एक्सचेन्जले आफ्नो मुलुकमा स्थापित कम्पनीको सेयर एकअर्काको एक्सचेन्जमा कारोबार गर्न सकिने व्यवस्था मिलाएका छन् ।

यस्तै किसिमको व्यवस्था न्युजिल्यान्ड र अस्ट्रेलिया, दक्षिण अमेरिकी मुलुकहरु र केही अफ्रिकी मुलुकहरुमा पनि छ। युरोपको धितोपत्र कारोबार ५ वटा स्टक एक्सचेन्ज समूहले धानेको छ। हामीलाई भने यी सबै कुरा थाहा नै नभए जस्तो भएको छ।  

नेपाल जस्तो सानो मुलुकमा धितोपत्र बोर्डले स्टक एक्सचेन्ज दुई वटा र कमोडिटी एक्सचेन्ट पनि दुई वटा चाहियो भन्दै तयारी गरिरहेको छ । जवकी छिमेकी मुलुक भारतमा दुई वटा स्टक एक्सचेन्ज छन् त्यसमा पनि दुबैले कमोडिटी र स्टक एक्सचेन्ज दुबैको काम गर्छन् । होइन प्रतिस्पर्धाका लागि दुई वटा चाहिन्छ भन्ने हो भने पनि सरकारले नेप्सेको पुनर्संरचना गर्दै कमोडिटी र स्टक एक्सचेन्ज दुबै कारोबार गर्ने व्यवस्था मिलाउन सक्छ । साथै निजि स्तरबाट पनि अर्को एउटा नयाँ स्टक एक्सचेन्ज दिएर दुबै कारोबार गर्न दिने व्यवस्था मिलाउने हो भने ठुलो समस्या पनि पर्दैन । नत्र भने नयाँ आउने पनि बजारमा टिक्न सक्दैनन् र भएको नेप्से पनि धरासायी बनेर जान्छ ।

एक्सचेन्जको लाइसेन्स दिएर राजनीतिक दल तथा माफियाले अहिले व्यवसायी सँग अर्बौ करोडौ रुपैयाँ त उठाउलान् तर यसको भविष्य छैन । अहिले अर्बौ रुपैयाँ खर्चेर नयाँ स्टक ल्याउने भोलि चल्न सकेन मर्जरमा जाउ भन्नु त्यति जाहेज पनि हुँदैन । अझ बिडम्बना यहाँ लगानीकर्तालाई पनि भन्दा पनि निश्चित स्वार्थ समुहको चाहनामा ल्याउन खोजिदैछ । बिचौलियाले त कमिशन लिएर बाहिरिने छन् तर जसले लगानी गर्नेछन् उनिहरुले पनि पछुताउनुको विकल्प हुने छैन ।

इन्साइडर ट्रेडिङ थप मौलाउने

दुर्गा प्रसाईले भने जस्तै वास्तवमा नेपालको अर्थतन्त्र निश्चित व्यक्तिहरुकै कब्जामा छ । एउटा व्यक्ति तथा समुहको बैंक, सहकारी, बीमा, माइक्रोफाइनान्स, रियल इस्टेट, कन्ट्रक्सन कम्पनी, इन्भेष्टमेन्ट कम्पनी, इम्पोर्ट एक्सपोर्ट कम्पनी रहेका छन् । अहिले प्रस्तावित स्टक तथा कमोडिटी एक्सचेन्जमा लगानी गर्ने लगानीकर्ता पनि यि नै विद्यमान लगानीकर्ता हुन् । अव भोलिका दिनमा आफ्नै कम्पनी, आफ्नै एक्सचेन्ज, आफ्नै ब्रोकर, आफ्नै वेयर हाउस हुने हो । यसले गर्दा जसले स्टक एक्सचेन्ज खोल्ने छन् वा लगानी गर्नेछन् उनिहरुले अझ धेरै इन्साइडर ट्रेडिङ गर्ने छन् ।

अहिलेसम्म नेप्सेको प्रणालीलाई दुरुपयोग गर्ने केहि दोस्रो बजारमा आफ्नो पोल्टो भरेहोलान तर भोलिका दिनमा निजी स्तरबाट अर्को स्टक एक्सचेन्ज आउने वित्तीकै उनिहरुले कारोबारको प्याट्रन, कारोबारका भित्री सूचना, कसले कुन शेयर किनिरहेको छ तथा बेचिरहेको छ देखि लिएर भित्रि सूचनामा राम्रो सँग प्ले गर्ने छन् । बास्तवमा यो वित्तीय अपराध नै हो । अव हामी भोलिका दिनमा कानुनी रुपमै वित्तीय अवराधलाई प्रश्रय दिदै छौ किनकी उनिहरुकै हातमा प्रणाली हुनेछन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया