NIMB Header 2
Nepal Life

नेपालमा इलेक्ट्रिक गाडीको बजार परिवेश बदल्दै सिट्रोन

Muktinath Bank
  • BFIS News
  • 2023 Dec 03 17:42
नेपालमा इलेक्ट्रिक गाडीको बजार परिवेश बदल्दै सिट्रोन
Everest Bank

काठमाडौं । फ्रेन्च कार निर्माता सिट्रोनले भारतमा बनेको आफ्नो नयाँ इलेक्ट्रिक मोडल सिट्रोन ई–सी थ्रीलाई केही समय अगाडि नेपालमा ल्याएको थियो । अहिले नेपाली बजारमा हाइ रेन्जदेखि लो रेन्जसम्मको इलेक्ट्रिक गाडीहरु पर्याप्त उपलब्ध छन् । यस्तो अबस्थामा सिट्रोन ई–सी थ्री मिड रेन्ज कम्प्याक्ट एसयुभीको पर्फेक्ट विकल्प बनेर नेपाली बजारमा आएको छ ।

Shikhar
NIMB

सिट्रोन ई–सी थ्रीको आगमनसँगै नेपाली अटोमोटिभ क्षेत्रमा एक किसिमको तरङ्ग आएको छ । सिट्रोन ई–सी थ्रीले यसै वर्ष न्युयोर्कमा आयोजित न्युयोर्क अटो शोको १९औँ वल्र्ड कार अवार्ड समारोहमा वल्र्ड अर्बन कार अफ द इयर २०२३ जित्न सफल भएको थियो । 
२९.२ किलोवाट क्षमताको ब्याट्री भएको यस सिट्रोन ई–सी थ्री पूर्ण रुपमा डिसी फास्ट चार्जिङ प्रदान गर्ने यस सेगमेन्टकै पहिलो गाडी हो । रिजेनेरेटिभ ब्रेकिङको साथ आउने यस विद्युतीय गाडीमा हरेक पटक ब्रेक लगाउँदा अटोम्याटिकल्ली चार्ज हुन्छ । त्यसैगरी फुल्ली अटोम्याटिक ड्राइभ फिचर भएको यस सिट्रोन ई–सी थ्रीमा ई–टगल र अटोम्याटिक गियरबक्स पनि उपलब्ध रहेको छ ।

विद्युतीय गाडी किन्दा हाम्रो दिमागमा सबैभन्दा पहिला आउने प्रश्न भनेको यसले दिने रेन्ज हो । यो प्रश्नलाई सिट्रोन ई–सी थ्रीले चित्त बुझ्ने गरि सम्बोधन गरेको छ । कम्पनीका अनुसार गाडीले सिङ्गल चार्जमा ३२० किलोमिटरको (एमआइडिसि साइकल अनुसार) रेन्ज दिन्छ भने ब्याट्री पनि जम्मा ५६ मिनेटमा नै ०% देखि ८०% सम्म चार्ज हुन्छ ।

सुरक्षाको मामिलामा पनि सिट्रोन ई–सी थ्रीमा केही कमी नरहेको कम्पनीको दाबी छ । एबिएस, इएसपी र मल्टिपल एयरब्यागहरू सहित उपलब्ध यस आकर्षक गाडी वास्तवमा नै डिजाइन, सेफ्टी र रेन्ज सबै कुरामा अगाडि छ । क्याबिन र सिटहरू पनि फराकिलो र आरामदायक रहेको यस सिट्रोन ई–सी थ्रीमा २६ सेन्टिमिटरको सिट्रोन कनेक्ट टचस्क्रिन डिस्प्ले, वायरलेस स्क्रिन मिररिङ र सिमलेस स्मार्टफोन कनेक्टिभिटी पनि उपलब्ध छ ।  

वारेन्टीको कुरा गर्नुपर्दा गाडीमा ३ वर्ष अथवा १२५,००० किलोमिटरको वारेन्टी दिइएको छ भने ब्याट्रीमा ७ वर्ष अथवा १४०,००० किलोमिटरको वारेन्टी प्रदान गरिएको छ । त्यसैगरी मोटरमा भने ५ वर्ष अथवा १००,००० किलोमिटरको वारेन्टी रहेको छ । साथमा किलोमिटरको दुरीसम्म भने गाडीको नै वारेन्टी कम्पनीले प्रदान गर्दछ ।

भर्खरै सिट्रोन ई–सी थ्री किन्नुभएको डीडी सेक्युरिटी सर्भिस प्रा. लि.का कार्यकारी निर्देशक मनोहर कोइराला भन्नुहुन्छ, “जब म पेट्रोल गाडीबाट सिट्रोन ई–सी थ्रीमा स्वीच गरेँ, मेरो पुरै ड्राइभिङ एक्सपिरिएन्स नै परिवर्तन भयो । यो भन्दा अगाडि मलाई काठमाडौँको रोडहरू नेभिगेट गर्न यस्तो सजिलो कहिल्यै भएको थिएन । मेन्टेनेन्स र चार्जमा खर्च त कम भयो नै, मेरो मासिक खर्चहरू पनि कम हुँदै गएको छ । जब–जब म सिट्रोन ई–सी थ्री चलाउँछु, मैले मेरो लागि मात्र नभएर दिगो भविष्यको लागि पनि सही निर्णय गरेछु भन्ने लाग्छ ।” 

रेन्ज, ब्याट्री, डिजाइन सबैमा उत्कृष्ट सिट्रोन ई–सी थ्री खरिद गर्न पनि उत्तिकै सजिलो छ। जम्मा २०% डाउन पेमेन्टमा तपाइले यस गाडीलाई आफ्नो बनाउन सक्नुहुनेछ भने बाँकी ८०% भुक्तानीको लागि ९.४९% ब्याज दरमा ७ वर्षको बैँक ऋण उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । 

आजभोलि अधिकांश ग्राहकहरू इलेक्ट्रिक गाडीतर्फ आकर्षित हुँदै गएको अबस्था छ ।  यसले वातावरण र देशको दिगोपनाप्रतिको प्रतिबद्धतालाई नयाँ उचाइ दिएको छ । कम्पनी अनुसार दिगोपना, पर्फरमेन्स र कम्फर्टको सही फ्युजन प्रदान गर्दै  सिट्रोनले दिगोपनप्रतिको प्रतिबद्धतामा प्रतिनिधित्व गर्दै आइरहेको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया