हिमालयन डिष्ट्रिलरीको लाभांश घोषणा, १५ प्रतिशत नगद सहित १० प्रतिशत बोनस शेयर वितरण गर्ने
- BFIS News
 - 2023 Dec 04 10:53
 
                    
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले २५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश दिने भएको हो ।
मंसिर १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। त्यसैगरी, सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २५ गते बुधबार, लिपनिविर्तास्थित आफ्नो रजिष्टर्ड कार्यालयमा बिहान १० बजे २३ औँ वार्षिक साधारण सभा बोलाएको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १३ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
दोस्रो बजारमा लगानीकर्ताको सर्वाधिक आकर्षणमा पर्दै आएको हिमालयनको लाभांश दर घट्न थालेको छ । कम्पनीले गएका वोनस शेयर सहित आकर्षक लाभांश दिदा प्रतिशेयर आम्दानीमा गिरावट आइरहेको छ । जसले गर्दा लाभांश दरमा पनि कमि आएको हो ।

                        ![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)







                                                            
                                                            
                                                            
                                                            
                                                            









प्रतिक्रिया