Nepal Life

शौर्य सिमेन्टले सुरु गर्यो भारतमा क्लिङ्करको निर्यात

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Mon 18:09
शौर्य सिमेन्टले सुरु गर्यो भारतमा क्लिङ्करको निर्यात
Sanima Reliance

काठमाडौं । शौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले आफ्नो क्लिङ्कर उत्पादनलाई छिमेकी राष्ट्र भारत तर्फ निर्यात शुरुवात गरेको छ । कम्पनीका प्लाण्ट हेड गुरुदयाल सिंह तथा सहायक महाप्रबन्धक विकास खड्काले संयुक्त रुपमा रिवन काटेर निर्यातको शुरुवात गरेका छन् ।

NIMB

कम्पनीले यहि मंसिर १६ गते उद्योग परिसरमा पहिलो निर्यातको क्रममा औपचारिक कार्यक्रम नै आयोजना गरेको हो । उदयपुरको चुनढुङगाबाट उत्पादन गरिएको यस क्लिङ्कर तथा सिमेन्टमा न्यून MGO तथा उच्चस्तरिय चुनढुङगा समिश्रण रहेकाले भारतमा अवस्थित सिमेन्ट उद्योगमा सफल परिक्षणबाट स्विकृति भई निर्यात गर्न सफल भएको छ ।

उद्योगले माघ २०७८ बाट व्यवसायिक उत्पादन सुरुवात गरको यस उद्योगको क्षमता ३००० मे.ट. क्षमता रहेको छ । व्यवसायिक घराना शंकर समुह, गोल्छा समुह तथा अम्बे समुहको संयुक्त लगानीमा सिराहाको मिचैयामा अवस्थित यस उद्योगले OPC (५३ ग्रेड,४३ ग्रेड० र पीपीसी सिमेन्ट उत्पादन गदै आएको छ ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया