NIMB Header 2
Nepal Life

एनसीएचएलको २८.५ प्रतिशत बोनस शेयर पारित सँगै चुक्ता पूँजी एक अर्ब ६६ करोड पुग्यो

Citizen Life
  • BFIS News
  • 2023 Dec 05 14:02
एनसीएचएलको २८.५ प्रतिशत बोनस शेयर पारित सँगै चुक्ता पूँजी एक अर्ब ६६ करोड पुग्यो
National Life

काठमाडौं। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले १२ औं वार्षिक साधारणसभाबाट २८.५ प्रतिशत बोनस शेयर पारित गरेको छ । कम्पनीले चुक्ता पूँजीको २८.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.५० प्रतिशत नगद लाभांश सहित कुल ३० प्रतिशत लाभांश पारित गरेको हो । 

NIMB

कम्पनीले २०७९/८० को मुनाफाबाट बोनस शेयर वितरण गरेर चुक्ता पूँजी एक अर्ब ६६ करोड पुर्याएको हो । साधारणसभाले अधिकृत पुँजी वृद्धि गरी २ अर्ब पुर्‍याउने प्रस्ताव स्वीकृत गरेको छ।

कम्पनीले पुँजी वृद्धिमार्फत नेशनल पेमेन्ट स्वीचमा लगानी गर्नुका साथै नेशनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने भएको छ। साथै जोखिम व्यवस्थापनलाई सुदृढ बनाउनका लागि उक्त पुँजी प्रयोग गर्ने जनाइएको छ।

साधारण सभाको बैठकले कम्पनीको सेयर स्वामित्व संरचनामा साबिकझैं नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरु मात्र कायम रहने गरी गाभ्न/गाभिन वा प्राप्त गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ। त्यस्तै कारोबारका लागि आवश्यक प्रविधिमा अनुसन्धानलगायत प्रविधि र सफ्टवेयरको विकास समेत गर्ने उद्देश्यसहित कम्पनीको सहायक कम्पनीका रुपमा छुट्टै पब्लिक लिमिटेड कम्पनी खोल्ने सम्भाव्यता अध्ययन गर्ने भएको छ।

आव २०७९/८० मा कम्पनीबाट फर्छ्यौट भएका कारोबारहरुको संख्या १६ प्रतिशतले बढेसँगै कम्पनीको खुद नाफा ६ प्रतिशतले वृद्धि भएको छ। उक्त आर्थिक वर्ष एनसीएचएलको भुक्तानी प्रणालीहरुमार्फत कुल १४१ खर्ब बराबरको ८.१९ करोड भुक्तानी कारोबारहरु राफसाफ भएको थियो।

एनसीएचएलमा नेपाल राष्ट्र बैंकको १० र बैंक तथा वित्तीय संस्थाहरुको ९० प्रतिशत सेयर स्वामित्व छ। एनसीएचएलको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका १ जना, वाणिज्य बैंकहरुबाट ३ जना, विकास बैंकहरु, फाइनान्स कम्पनीबाट र स्वतन्त्र निर्देशक गरी क्रमशः १-१ जना छन्।

कम्पनीले एनसीएचएल-इसीसी, एनसीएचएल-आइपीएस र आरपीएसलगायत कनेक्ट आइपीएस, कर्पोरेट पे, कनेक्छ आरटीजीएस, नेशनल पेमेन्ट इन्टरफेस तथा नेपाल पे क्युआर लगायतका विभिन्न च्यानल प्लेटफर्महरु सञ्चालन गर्दै आएको छ।

नेशनल पेमेन्ट स्वीचअन्तर्गत नेशनल कार्ड स्वीच र नेपालपे डोमेस्टिक कार्ड कार्यान्वयन गर्ने क्रममा छ। एनसीएचएलमा हाल ५३ सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा ९५ भन्दा बढी गैर-बैंकिङ संस्थाहरु अप्रत्यक्ष तथा प्राविधिक सदस्यका रूपमा आबद्ध छन्।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया