Nepal Life

एनसेल नियम अनुसार कर तिर्न तयार, नयाँ शेयर संरचना पछि डिजिटल नेपाल निर्माणको यात्रामा अघि बढ्ने

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Sat 08:15
एनसेल नियम अनुसार कर तिर्न तयार, नयाँ शेयर संरचना पछि डिजिटल नेपाल निर्माणको यात्रामा अघि बढ्ने
Sanima Reliance

काठमाडौं । एनसेलले शेयर बिक्री मार्फत आफुले नियम अनुसार राज्यलाई भुक्तानी गर्नु पर्ने कर तिर्नका लागि प्रतिवद्ध भएको जनाएको छ ।  

NIMB

एनसेलले आजको दिनसम्मको सम्पुर्ण करका दायित्वहरु पुर्ण रुपमा भुक्तानी गरिसकेको र कर कार्यालयबाट कर चुक्ता प्रमाणपत्र समेत प्राप्त गरिसकेको छ । एनसेलको ८० प्रतिशत स्वामित्व नेपाली मुलका गैरआवासीय नेपाली सतीशलाल आचार्यले खरिद गर्ने संझौता भएको छ ।

यस शेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको कम्पनीले जनाएको छ । जुन कम्पनीको कार्यसम्पादनको आधारमा विक्रेता कम्पनीले निश्चित समयावधीभित्र प्राप्त गर्ने भनिएको छ ।

अहिले यहि मूल्याङ्कनलाई लिएर विवादको विषय बनेको छ । कम्पनीको मूल्याङ्कन कसरी ५० करोड अमेरिकी डर मात्रै रह्यो । जवकी ६ वर्ष अगाडी नै अहिले बिक्री गरिएको शेयर मलेसियन कम्पनी आजियाटाले एक खर्ब ४३ अर्बमा कारोबार भएको थियो । यो एक अर्ब अमेरिकी डलर भन्दा धेरै थियो । पूँजीगत लाभकर तिर्नका लागि खरिद गरिएको भन्दा धेरैमा बिक्रि हुनु पर्छ । त्यसैले कम्पनीले भुक्तानी गर्नु पर्ने पूँजीगत लाभकरको दायित्व सून्य हुन्छ ।

तर कम्पनीले भने शेयर खरिद बिक्री पुर्ण रुपमा कानुनी प्रकृयाँ र प्रचलित व्यवस्था अनुसार नै अगाडी बढाइएको जनाएको छ ।

एनसेलको ८० प्रतिशत स्वामित्व नेपाली मुलका लगानीकर्ताले लिने सम्झौता भएसँगै अब एनसेल आम नेपाली उपभोक्तालाई आधुनिक र उच्च गुणस्तरको सेवा प्रदान गर्दै नेपाल सरकारले अंगिकार गरेको डिजिटल नेपाल भिजनका लक्ष्यहरु हासिल गर्न सरकारलाई योगदान पुर्याउँन प्रतिबद्ध रहेको जनाएको छ ।

स्पेक्ट्रलाइट यूके लिमिटेडका नेपाली मुलका शेयरधनी सतिश लाल आचार्यले भने, “आजियाटाले रेनोल्ड्स होल्डिङ्स (सेन्ट किट्समा रहको कम्पनी) मा रहेको आफ्नो शेयर बिक्रीको लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको थियो र स्पेक्ट्रलाइट थुप्रै प्रतिस्पिर्धीहरु मध्येबाट पहिलो भई छानिएको हो । शेयर कारोबारको मूल्य र संरचना इच्छुक क्रेता र विक्रेता मार्फत निर्धारण गरिएको हो । सहमति भएको सम्झौता ढाँचा अनुसार, आजियाटाले बेस पेमेन्ट बाहेक पाँच वर्ष अर्थात सन् २०२९ सम्म थप लाभहरु नाफा बाँडफाँडको रूपमा प्राप्त गर्नेछ । यस शेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको छ, जुन कम्पनीको कार्यसम्पादनको आधारमा विक्रेता कम्पनीले निश्चित समयावधीभित्र प्राप्त गर्नेछ । यस बाहेक, यो परिवर्तनकारी सम्झौताले एनसेललाई नेपाली मूलको बृहत्तर स्वामित्व सहित कम्पनी र व्यवस्थापनतर्फ एनसेलको विकासलाई डोर्याउने छ ।’

कम्पनीले आवश्यक सहमतिहरुका लागि नेपाल दूरसञ्चार प्राधिकरणसँग छलफल गरिरहेको जनाएको छ । एनसेलमा केही परिवर्तनहरु भईरहेको बेला ग्राहकलाई प्रदान गरिने सेवाको गुणस्तरमा कुनै किसिमको बाधा अवरोध नपर्ने कम्पनीले सुनिश्चतता व्यक्त गरेको छ ।

लाखौं नेपालीहरुको जीवनलाई समृद्घ बनाउने उद्देश्य अनुरुप परिस्कृत डिजिटल सेवाहरुमार्फत दृढ इच्छा र क्षमताका साथ अझ सशक्त रुपमा अघि बढ्ने एनसेलले प्रतिवद्धता व्यक्त गरेको छ । मोवाइल कनेक्टिभीटी सेवामा मात्र सिमित नभई विभिन्न सेवाहरु प्रदान गर्न कम्पनीले नेटवर्कको पुर्वाधार विकासलाई निरन्तरता दिने जनाएको छ । यससँगै देशमा प्रविधिले ल्याउने महत्वपूर्ण अवसरहरुको पनि सिर्जना हुने एनसेलले जनाएको छ । एनसेलको यस नयाँ यात्राको सुरुवात एक परिवर्तन मात्र नभई यसले डिजिटल नेपाल निर्माणको अवधारणालाई सक्रिय रुपमा योगदान पुर्याउने कम्पनीको दाबी छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया