Nepal Life

आजको सर्किटले अघिल्लो बुलको सुरुवातलाई सम्झायो, शेयर विश्लेषक अजय सिंह थापाको बजार विश्लेषण

Global Ime detail Page
  • अजय सिंह थापा
  • 2023 Dec Sun 15:02
आजको सर्किटले अघिल्लो बुलको सुरुवातलाई सम्झायो, शेयर विश्लेषक अजय सिंह थापाको बजार विश्लेषण
Sanima Reliance

काठमाडौं । सकारात्मक मौद्रिक नीति, अर्थतन्त्रमा देखिएको क्रमिक सुधार, घट्दो व्याजदर र विदेशी मुद्राको सञ्चिती लगायतका कारणले शेयर बजारमा सुधार देखिएको छ । ५० लाख रुपैयाँ माथीका सेयर कर्जामा जोखिम भार साविक १५० प्रतिशतवाट घटाएर १२५ प्रतिशत कायम गर्ने व्यवस्था गरिएको छ ।  समिक्षामा बैक दर ७.५० प्रतिशतबाट ७ प्रतिशत, नितीगत दर ६.५० प्रतिशतबाट ५.५० प्रतिशत तथा निक्षेप संकलन वोलकवोल दर ४.५० प्रतिशतबाट ३ प्रतिशतमा झारिएको छ । यस व्यवस्थाले व्याजदर क्रमश घट्दै जानेछ ।

NIMB

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको वित्तीय स्थिति सकारात्मक देखिएका छन् । सरकारले गएका वर्षको यहि अवधिको तुलनामा राजश्व संकलन पनि बढि उठाएको छ । विदेशी मुद्राको सञ्चितीदेखि लिएर अर्थतन्त्रका हरेक सूचकमा सुधार देखिदै गएको छ ।

यस्ता सकारात्मक सूचकले गर्दा पनि गएका दिनमा शेयर बजार १८ सय अंक भन्दा तल झर्न सकेन । शुक्रवार राष्ट्र बैंकले जारी गरेको मौद्रिक समिक्षाले भने लगानीकर्ताको मनोबल बढाउदा आज शेयर बजारमा सकारात्मक सर्किट लाग्यो । कतिपय लगानीकर्ताहरुले अव बजार अझै तल झर्ने भयो भनेर बेचेर बसेका थिए । जसले हिजोका दिनमा शेयर बिक्री गरेर बसेका थिए उनिहरुले आक्रामक रुपमा शेयर उठाउदा सकारात्मक सर्किट लाग्यो । शेयर बिक्री गरेर बसेका लगानीकर्ताहरु एकै पटक बजार प्रवेश गर्दा बजार ६ प्रतिशतले बढेर बन्द भएको छ ।

अहिलेको जस्तै स्थिति कोभिड १९ को कारणले सन् २०२० मे १३ मा बन्द भए पछि जुन २९ मा मात्रै खुल्यो । बजार खलेको पहिलो दिन सामान्य रुपमा घटे पनि त्यस पछिका दुई दिन ३० जुन र एक जुलाइमा सकारात्मक सर्किट हारेर बुलिस ट्रेण्डको सुरुवात भयो । अहिले त्यहि दिनको झल्को दिने गरि शेयर बजारमा सुधार देखिएको छ ।

जतिवेला शेयर बजार ११०० को बटम लाइनमा झरेको थियो । यो बटम लाइफ यस भन्दा अगाडीको बुलिस ट्रेण्डको अधिकतम विन्दु थियो । यस पटक पनि शेयर बजार १८०० को विन्दु आसपासमा पटक पटक ठोकिएर फर्कियो । अहिलेको अवस्था र सन् २०२० को अवस्था उस्तै देखिनुले पनि बजारले अव गति लिन्छ भनेर सहजै अनुमान लगाउन सकिन्छ ।

शेयर बजारले गति लिन्छ भन्दै गर्दा बजार सधै बढ्छ भन्न खोजिएको होइन । बजार २००० भन्दा माथि गए पनि एक दुई दिन करेक्सन पनि आउला । तर अवको बजारको टार्गेट भनेको २५८० अंक हो ।

अवको सुधारको आधार के हो ?

अर्थतन्त्र सकारात्मक हुँदै गएको छ । एनआइसी एशिया बैंकले आजै व्याजदर घटाएको छ । अव अन्य बैंकहरुलाई पनि व्याजदर घटाउनु पर्ने बाध्यता बन्ने छ । तीन महिनाको अवधिमा एनआइसी एशियाको बैंकको व्याजदर ८ प्रतिशत भन्दा तल झरेको छ । अवका दिनमा हिजोका म्याचुअर्ड भएका एफडी पनि ८ प्रतिशत हाराहारीमा जम्मा हुनेछ । बीमा तथा संस्थागत निक्षेपकर्ताले एक वर्ष हाराहारीका लागि निक्षेप राख्ने भएकाले अवको एक वर्ष व्याजदर बढ्ने सम्भावना एकदमै न्युन छ ।

यसले गर्दा संस्थागत लगानीकर्ताको मुद्दती निक्षेपको रकम पनि शेयर बजारमा आउने सम्भावना एकदमै धेरै रहन्छ । यदि मुद्दती निक्षेप ९ प्रतिशतमा मात्रै झर्यो भने पनि संस्थागत लगानीकर्ताले ७ प्रतिशत भन्दा पाउदैनन् । यसो हुने वित्तीकै उनिहरुका लागि मुद्दती निक्षेप लगानीको लागि राम्रो इन्ट्रुमेन्ट हुनै सक्दैन ।

कयौ इन्भेष्टमेन्ट कम्पनीले शेयर बिक्री गरेर हिजोका दिनमा मुद्दती निक्षेपमा जम्मा गरेका छन् । अव उनिहरुले त्यो पैसालाई शेयर बजारमा भित्र्याउने छन् । यि सबै कुराले शेयर बजारमा सकारात्मक सेन्टिमेन्ट निर्माण गरेको छ ।

बुल भन्दा वियरिस अवधि धेरै लामो भइसक्यो । लगानीकर्ता साथिहरुले केहि दिनदेखि कुन कुन शेयरबाट शेयरधितो कर्जा लिने भन्दै सल्लाह गरिरहनु भएको छ । बैंकमा पैसा पनि छ । अव आज र भोलि धेरै लगानीकर्ताहरु बैंकमा शेयरधितो कर्जाका लागि कुद्नेवाला छन् ।

यसरी लगानीकर्ताको शेयरधितो कर्जा स्वीकृत हुँदै गर्दा बजारमा क्रमश डिम्याण्ड क्रियट हुँदै जानेछ । यसरी शेयरधितो राखेर लिएको कर्जा लिदै गर्दा धितोमा राखिएका कम्पनीको शेयर सप्लाइ चाँढै आउने छैन । राम्रा कम्पनी शेयरधितो कर्जाका कारण लकिङ हुँदै गर्दा सप्लाइ रोकिनेछ ।

अवका दिनमा बढ्ने सूचक

आजको दिनमा सबैभन्दा राम्रो स्क्रिप्ट होटल हो । होटलले धेरै राम्रो गति समाइसकेको छ । यसले निरन्तरता पाउला भन्ने अपेक्षा गर्न सकिन्छ । अवको पहिलो स्वीइङमा २५८० को टार्गेट हुनेछ । यसमा पुग्न दुई तीन महिना लाग्छ । यस अवधिसम्मका लागि अर्को राम्रो स्टक बीमा कम्पनीहरु हुन सक्छन् ।

व्याजदर घट्दै गर्दा बैंकहरुको कर्जाको रिकभरी पनि केहि सहज हुँदै जानेछ । व्याज सस्तो हुने वित्तीकै रिकभरी हुने सम्भावना पनि उच्च रहन्छ र बैंकहरुको प्रोभिजनिङमा विस्तारै सुधार आउनेछ । यसको प्रभाव दोस्रो त्रैमाशिक वित्तीय विवरणमा देखा पर्नेछ । त्यस पछिका दिनमा बैंकहरुको मुनाफामा पनि सुधार देखिन थाल्छ । यसले गर्दा अवको केहि समय पछि बैंकहरु पनि लगानीकर्ताका लागि राम्रो स्क्रिप्ट हुन सक्छ । यस त्रैमाशमा बीमा कम्पनीहरुले बजारलाई लिड गर्ने देखिन्छ ।

गभर्नरको कुरा

गभर्नरले ३२०० को बजारमा धेरै नै जोखिम देखिए पछि जाना जान बजार घटाउनैका लागि शेयर धितो कर्जामा क्याप लगाइदिएका हुन् । त्यतिवेला कडाइ गर्नु ठिकै थियो । तर विचको केहि समयमा पनि गरभर्नर अधिकारीले पुरानै ढर्रा देखाउन खोज्दा बजारले गति लिन सकेन । उनले यस विचमा केहि सकारात्मक काम गर्न त खोजेका हुन् तर बजारले खासै रियाक्ट गर्न सकेन । उनका केहि कदमले उनि बजार प्रति केहि सकारात्मक भएका हुन् कि भन्ने संकेत देखिएको थियो । कुनै समयमा उनले गरेको टाइट जायज पनि थियो होला तर धेरै लामो समयसम्म टाइट गर्दा लगानीकर्ता पेनिक हुनु पर्यो । शेयर बजार ३२०० हुँदा लाभांश दिनै नसक्ने हाइड्रोपावरको शेयर पनि ८/९ सय पुगेको थियो ।

गभर्नरले अझै पनि शेयरधितो कर्जाको सिमालाई हटाइसकेका छैनन् । भोलिका दिनमा बैंकहरुले शेयर धितो लगायत अन्य क्षेत्रमा पनि प्रवाह हुन थाले पछि यसले असर पुर्याउने देखिन्छ । त्यसैले लगानीकर्ताहरुले शेयर धितो कर्जामा लगाउदै आएको सिमालाई हटाउन तर्फै लाग्नु पर्छ । तर गभर्नर अधिकारी शेयरधितो कर्जाको क्याप खोल्ने पक्षमा देखिदैनन ।

तै पनि राष्ट्र बैंकले दिएको क्याप भित्र रहेर लगानी हुने हो पनि शेयर बजारका लागि प्रयाप्त छ । बजार बढ्दै गर्दा ठुला लगानीकर्ता आफैले आफ्नो पैसालाई पनि शेयरमा लगाउने सम्भावना उच्च रहन्छ । यसो भयो भने पनि शेयर बजारले अवको दिनमा बुलिस यात्रा तय गर्ने निश्चित छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया