Nepal Life

युटिएलसहित ३ कम्पनीको इन्टरनेट अनुमतिपत्र खारेज, ३० दिनभित्र बाँकी दस्तुर बुझाउन निर्देशन

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Thu 10:29
युटिएलसहित ३ कम्पनीको इन्टरनेट अनुमतिपत्र खारेज, ३० दिनभित्र बाँकी दस्तुर बुझाउन निर्देशन
Sanima Reliance

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (युटिएल) सहित ३ कम्पनीको इन्टरनेट सेवा अनुमतिपत्र खारेज गरेको छ । प्राधिकरणले युनाइटेड टेलिकम  (युटिएल), म्याक्स नेट सोलुसन प्रालि र चितवन नेटवर्क प्रालिको इमेलसहितको इन्टरनेट सेवा अनुमति खारेज गरेको हो । 

NIMB

तोकिएको समयावधिभित्र नवीकरणबापतको दस्तुर दाखिला गरी नवीकरणका लागि निवेदन पेस नगरेकाले ती कम्पनीहरुको अनुमतिपत्र स्वतः खारेज भएको प्राधिकरणले जनाएको छ ।

यता, प्राधिकरणले कम्पनीहरुलाई नियमानुसार तिर्नुपर्ने दस्तुर रकम तथा विवरणहरु ३० दिनभित्र बुझाउन पनि निर्देशन दिएको छ । अन्यथा प्रचलित कानुन बमोजिम अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने प्राधिकरणले जनाएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया