ऋणात्मक रहेको राजश्व बृद्धिदर यस वर्ष ३ प्रतिशतले बढ्यो

  • BFIS News
  • 2023 Dec Thu 13:40
ऋणात्मक रहेको राजश्व बृद्धिदर यस वर्ष ३ प्रतिशतले बढ्यो

काठमाडौं । गएको वर्ष ऋणात्मक रहेको राजश्व संकलनको बृद्धिदर चालु आर्थिक वर्षको ४ महिनामा ३ प्रतिशतले बढेको छ । नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ को चार महिनामा नेपाल सरकारको कुल खर्च रु.३५५ अर्ब ६३ करोड भएको छ । सरकारी खर्च गत आर्थिक वर्षको पहिलो चार महिनामा २२.१ प्रतिशतले वृद्घि भएकोमा, समीक्षा अवधिमा १.३ प्रतिशतले मात्र वृद्घि भएको छ ।

समीक्षा अवधिमा चालु खर्च रु.२७१ अर्ब १७ करोड, पुँजीगत खर्च रु.२९ अर्ब ९९ करोड र वित्तीय व्यवस्था खर्च रु.५४ अर्ब ४७ करोड रहेको छ ।

समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकम समेत) रु. २७६ अर्ब ६४ करोड भएको छ । गत आर्थिक वर्षको पहिलो चार महिनामा १९.८ प्रतिशतले घटेको राजस्व, समीक्षा अवधिमा ३.० प्रतिशतले बढेको छ । यस अन्तर्गत कर राजस्व रु.२५४ अर्ब ३० करोड र गैर कर राजस्व रु.२२ अर्ब ३४ करोड परिचालन भएको छ 

नेपाल सरकारको नगद मौज्दात

२०८० कात्तिक मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा रु.१५२ अर्ब ४० करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । २०८० असार मसान्तमा यस्तो मौज्दात रु.७१ अर्ब ९८ करोड रहेको थियो।

प्रदेश सरकारको खर्च तथा राजस्व

समीक्षा अवधिमा प्रदेश सरकारहरुकोकुल खर्च रु.२३ अर्ब ७६ करोड र स्रोत परिचालन रु.४३ अर्ब३३ करोड रहेको छ । प्रदेश सरकारहरुको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी रु.३० अर्ब ३ करोड र प्रदेश सरकारहरुले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व रु.१३ अर्ब ३१ करोड रहेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया