आइएमई लाइफकोआईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

  • BFIS News
  • 2023 Jul Sat 15:13
आइएमई लाइफकोआईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालयमा शनिवार शेयर बाँडफाँड भएको हो । 

कम्पनीको आईपीओमा ११ लाख ९५ हजार ९३२ आवेदकले आवेदन दिएकोमा ११ लाख ८८ हजार ९९६ योग्य आवेदक कायम भएका थिए । योग्य आवेदक मध्ये ९ लाख ६० हजार आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् ।

आईएमइ लाइफ इन्स्योरेन्सले असार २१ गतेदेखि असार २५ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ९६ लाख कित्ता शेयर निष्काशन गरेको हो । 

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३६.९१ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २३६.९१ रुपैयाँमा शेयर निष्काशन गरेको हो ।  कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जेठ २३ गते आईपीओ निष्काशनको अनुमति पाएको थियो ।  आईपिओ निष्काशनपछि कम्पनीको पुंजी ४ अर्ब पुग्ने छ ।

यसरी हेन्नुहोस् नतिजा

कम्पनीको आईपिओ नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक सिभिल क्यापिटलको वेबसाइट https://www.civilcapitalmarket.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट  meroshare.cdsc.com.np/#/login,  र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट  iporesult.cdsc.com.np/ बाट नतिजा  हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । 

आईएमइ लाइफ इन्स्योरेन्सले असार २१ गतेदेखि असार २५ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ९६ लाख कित्ता शेयर निष्काशन गरेको हो । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया