Nepal Life

शेयर बजारले २२ सयको विन्दु तोडेर अगाडी बढ्न एकुमुलेसन आवस्यक छ, सुबास चन्द्र ढुंगानाको विश्लेषण

Global Ime detail Page
  • सुबास चन्द्र ढुंगाना
  • 2023 Dec Sat 18:11
शेयर बजारले २२ सयको विन्दु तोडेर अगाडी बढ्न एकुमुलेसन आवस्यक छ, सुबास चन्द्र ढुंगानाको विश्लेषण
Sanima Reliance

काठमाडौं । अहिलेको कारोबारलाई हेर्दा २२ सयको अवरोध ब्रेक गर्ने सम्भावना धेरै नै छ । प्राविधिक रुपमा हेर्दा पनि धेरै पटक एउटै सपोर्टलाई छुदै फर्किदै गर्दा त्यो आधार कमजोर हुँदै जान्छ । २२०० को विन्दुलाई धेरै पटक छोएर बजार फर्किएको हुँदा यस विन्दुलाई तोड्न कारोबार रकमले सपोर्ट गरिरहेको छ ।

NIMB

अर्को तर्फ यदि पहिला पहिला यहि विन्दुमा छोएर फर्किएको अवस्थामा भएको कारोबार भन्दा धेरै कारोबार भयो भने अवरोध तोड्ने सम्भावना धेरै रहेको छ । यस भन्दा अगाडी २२ सयको विन्दुलाई छुदा ५ अर्ब हाराहारीको मात्रै कारोबार थियो । तर तोडिन सकेन । बजारले गति लिन पुल व्याकमा भोलिम ड्राइ हुँदै आउनु पर्छ । जव बजार बढ्न थाल्छ त्यस पछि क्रमश कारोबार बढ्दै जानु पर्छ ।

बजार बढ्न र घट्नका लागि केहि न केहि कारणहरु चाहिन्छ नै । अहिलेको बजार सुधारका लागि नेपाल राष्ट्र बैंकको मौद्रिक नीति र बैंकको घट्दो व्याजदरले राम्रो काम गर्यो । बजारले एउटा बहाना खोजिरहेको थियो । विष्फोट हुन लागेको बजारमा यसले राम्रो सपोर्ट गर्यो ।

जुन दिन सर्किट लागेर बजार बन्द भएको थियो त्यस भन्दा दुई दिन अगाडी लगातार सात दिन घटेर सुधार भएको थियो । त्यसैले बजारमा केहि न केहि गुड न्युज आउदैछ भन्ने संकेत गरेको थियो । शेयर बजारले जहिले पनि अर्थतन्त्रका सूचकहरुलाई पहिला नै रियाक्सन गर्छ । अहिलेको अवस्थामा हेर्ने हो भने पनि अवको तीन महिनामा शेयर बजारमा राम्रै सुधार हुने अपेक्षा गर्न सकिन्छ ।

बढ्दो बजारमा स्मार्ट इन्भेष्टरहरुले एकुमुलेसन भइरहेको छ कि बिक्री भइरहेको छ भनेर हेर्नु पर्छ । बजार १८२६ विन्दुबाट एकाएक सुधार हुने क्रममा लगातार एक साता भन्दा धेरै दिन बढ्यो । तर यस अवधिमा आक्रामक लगानीकर्ताको बाइङले गर्दा एकुमुलेसन हुन सकेको थिएन । शेयर बजार धेरै नै तल्लो विन्दुमा झर्दा पनि शेयर बिक्री गरेर बसेका सक्रिय लानीकर्ताकै हातमा शेयर थिएन । जसले गर्दा जो सँग शेयर थियो उनिहरुले बेच्न चाहेनन् भने जो सँग थिएन उनिहरुले सस्तो मूल्यमा शेयर उठाएर राख्न चाहे ।

यसले गर्दा लगातार सुधार देखिएको हो । यसले गर्दा शेयर वितरण हुन पाएन र घट्न पनि पाएन । शेयर बजारको दीर्घकालिन सुधारका लागि एकुमुलेसन अनिवार्य छ । अल्पकालिन ट्रेडरले मात्रै शेयर बजार दुई दिन पनि टिक्न सक्दैन । यस अवधिमा लगानीकर्ता नै भित्रिनु पर्छ । जसले शेयर बजारलाई एकुमुलेसन गर्न मद्दत गर्छ । अवका दिनमा पनि ठुला लगानीकर्ताले थोरै भए पनि नाफा बुक गरौ भन्छन् कि हैन शेयर होल्ड गर्नु पर्छ भन्नेमा भर पर्नेछ ।

बिहीबार राम्रै शेयर बिक्री भएको छ । यदि त्यो प्रोफिट बुकिङ मात्रै हो भने बजारलाई अझ सपोर्ट गर्छ तर बाहिरिने क्रम बढ्यो भने फेरि बजार थामिदैन । यदि लगातार तीन दिनसम्म प्रोफिट बुकिङ भयो भने अलि डराउनु पर्छ । यस्तो अवस्थामा ठुला लगानीकर्ताकै हात छ भन्ने बुझ्नु पर्छ । यदि तल्लो आधार तोड्यो भने लगानीकर्ताले आफु सँग भएको शेयर बिक्री गरेर अर्को विन्दुमा खरिद गर्ने अवसर खोजि गर्छन् । जतिवेला बजार घट्छ । तर तल्लो आधारलाई छोएर फर्कियो भने बजारमा एकुमुलेसन भयो भन्ने बुझ्नु पर्छ ।

शेयर बजार कतिसम्म बढ्ला ?

बजार कति माथि जाला भन्नु भन्दा अगाडी हामीले २२ सयको विन्दुलाई कसरी ब्रेक गर्छ भनेर हेर्नु पर्छ । त्यसमा आउने कारोबार रकम ‘भोलुम’ हेर्नु पर्छ । मानौ २२ सयको विन्दुलाई ८ अर्बले ब्रेकआउट गर्यो भने फेरि एक सय अंक माथि जान सक्छ र २२ सयलाई सपोर्ट बनाउनेछ । त्यस पछि पुल व्याक हुँदा २२ सय भन्दा तल झरेन भने मात्रै त्यो रियल ब्रेक आउट हुनेछ । त्यस पछि शेयर बजारले नयाँ टार्गेट लिनेछ । यस अवधिमा हामीले बजार कसरी अगाडी बढ्छ भनेर विश्लेषण गर्नु भन्दा अगाडी कारोबार रकमलाई नै हेर्नु पर्छ । शेयर बजार माथि गइरहेको छ तर सेलिङ प्रेसर आइरहेको छ भने बजार सस्टेन हुँदैन ।

यस्तो अवस्थामा लगानीकर्ताले कस्ता रणनीति अवलम्बन गर्ने

लगानीकर्ताले आ-आफ्नै तरिकाले रणनीति बनाएका हुन्छन् । आफूले बनाएको रणनीति कतिको यथार्थ भनेर परिक्षण गर्नु पर्छ । यदि आफुले बनाएको रणनीतिले काम गरिरहेको छ भने त्यहि रणनीतिलाई अवलम्बन गर्दै अगाडी बढ्नु पर्छ । कहिले नाफा नहुन पनि सक्छ भने कहिले घाटा पनि हुन सक्छ । तर यदि आफ्नो रणनीति राम्रो छ भन्ने लागिरहेको छ भने कुर्नु पर्छ ।

त्यसैले बजारमा यहि रणनीति लगाउने भन्ने हुँदैन । बजारमा लाखौ लगानीकर्ताले हजारौ रणनीनि बनाएका हुन्छन् । त्यसैले तर बजारमा उतारचढाव धेरै हुन्छ । यदि तपाई ट्रेडर हो भने निश्चित इन्डिकेटरलाई पछ्याउनुहोस् । हरेक समय त्यो इन्डिकेटर के भन्छ त्यहि गर्नु पर्छ । सेल भन्छ भने बेच्नु पर्यो, बाइ भन्छ भने खरिद गर्नु पर्यो र होल्ड भन्छ भने होल्ड गरेर बस्नु पर्यो । प्राइसक एक्सन तथा क्यान्डललाई हेरेर खरिद बिक्री गर्ने रणनीति बनाउनु पर्छ । यदि सबै इन्डिकेटर बुल छन् तर क्यान्डलले रिभर्सल भनेको छ भने होल्ड गरेर बस्नु हुँदैन । यदि तपाई दीर्घकालिन तथा निश्चित समय होल्ड गर्ने लगानीकर्ता हो भने प्राइसको मुभमेन्टलाई हेर्नु पर्छ । यदि बजार धेरै बढ्यो भन्ने लाग्यो भने बिक्री गर्ने होइन बजार धेरै तल झर्यो भन्ने लाग्यो भने बिक्री गरेर बस्नु पर्छ । त्यसैले करेक्सन हुँदा किन्ने बढ्दा बेच्ने गर्नु पर्छ ।

यस भन्दा अगाडीको बुल र बियरलाई हेर्यो भने पहिलाको जस्तो साइकल बनेन । यस पटक पनि पहिलाकै जस्तो साइकल बन्छ जस्तो लाग्दैन । यस अवधिमा जुन किसिमले ब्रोकर संख्या बढेको छ । कारोबार गर्नेको संख्या बढेको छ त्यस हिसावले बजारमा छिटो छिटो साइकल बन्न सक्छ । यस भन्दा अगाडीको बुलिस बजारलाई हेरेर बुल सकिएको छैन भनिएको थियो । त्यसको एकमात्रै कारण थियो त्यस भन्दा अगाडिका साइकलको इतिहास । प्राविधिक विश्लेषणमा सैद्धातिक आधार नखोजिने भएकाले बजारको मुभमेन्टलाई बढि ख्याल गरिन्छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया