Nepal Life

हिमालयन बैंकले ६४ लाख ७५ हजार कित्ता एफपिओ निष्काशन गर्ने, ६५ रुपैयाँ प्रिमियम सहित १६५ पर्न सक्ने

NMB Bank
  • BFIS News
  • 2023 Dec 24 16:27
हिमालयन बैंकले ६४ लाख ७५ हजार कित्ता एफपिओ निष्काशन गर्ने, ६५ रुपैयाँ प्रिमियम सहित १६५ पर्न सक्ने
National Life

काठमाडौं । हिमालयन बैंकले सर्वसाधारण समुह तर्फको शेयर अनुपात ३० प्रतिशत पुर्याउन प्रिमियममा एफपिओ जारी गर्ने भएको छ । बैंकले सर्वसाधारण समुह तर्फ ३० प्रतिशत पुर्याउन २.९९ प्रतिशत शेयर एफपिओ मार्फत जुटाउने प्रस्ताव आगामी वार्षिक साधारणसभामा पेश गर्दैछ ।

Shikhar
NIMB

हाल बैंकको चुक्ता पूँजी २१ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । यस वर्ष बैंकले लाभांश दिने भएकाले साधारणसभा पछि पनि यहि पूँजी यथावत रहनेछ । यसै पूँजीका आधारमा सर्वसाधारण समुह तर्फ ३० प्रतिशत कायम गर्न बैंकले एफपिओ मार्फत ६४ करोड ७५ लाख रुपैयाँ पूँजी थप्नु पर्छ । यो भने कम्पनीले सर्वसाधारण लगानीकर्तालाई ६४ लाख ७५ हजार ३२८ कित्ता शेयर जारी गर्नु पर्छ । यस मध्ये १० प्रतिशत वैदेशिक रोजगारमा गएका नेपालीका लागि, ५ प्रतिशत सामुहिक लगानीकोषका लागि र २ प्रतिशत कर्मचारीका लागि सुरक्षित गरेर बाँकी रहेको ५१ लाख ८० हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री गर्नेछ ।

कति पर्ला एक कित्ता शेयरको मूल्य ?

धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका २०७५ को दफा ३७ अनुसार धितोपतको थप सार्वजनिक निष्काशनमा प्रिमियम निर्धारण गर्दा प्रति शेयर नेटवर्थ भन्दा बढी नहुने गरि प्रिमियम निर्धारण गर्नु पर्ने व्यवस्था छ । उक्त निर्देशिकामा भनिएको छ ‘सूचीकर्त संङ्गठित संस्थाले प्रिमियममा धितोपत्रको थप सार्वजनिक निष्काशन गर्न चाहेमा त्यस्तो संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरण अनुसारको प्रति शेयर नेटवर्थ भन्दा बढी नहुने गरी प्रिमियम सहितको निष्काशन मूल्य निर्धारण गर्नु पर्नेछ ।’

यस आधारमा बैंककको गत आर्थिक वर्षको अपरिष्कृत लेखापरीक्षण प्रतिवेदन अनुसार प्रतिशेयर नेटवर्थ १६५.५८ रुपैयाँ रहेको छ । बैंकले ६४ करोड ७५ लाख ३२ हजार ८०७ रुपैयाँ पूँजी जुटाउनका लागि ६४ लाख ७५ हजार ३२८ कित्ता शेयर जारी गर्नु पर्छ । बैंकले गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन अनुसार प्रिमियम निर्धारण गर्ने भएकाले लगभग गत वर्षको नेटवर्थ १६५ रुपैयाँ हाराहारी नै हुन जान्छ । यदि बैंकले यहि नेटवर्थ अनुसार प्रिमियम निर्धारण गर्न पायो भने प्रति कित्ता १०० रुपैयाँमा ६५ रुपैयाँ प्रिमियम थप गर्नेछ । यस आधारमा बैंकले एक अर्ब ६ करोड रुपैयाँ बजारबाट उठाउनेछ । जस मध्ये ४२ करोड ८ लाख रुपैयाँ प्रिमियम प्राप्त गर्नेछ । एफपिओ पछि बैंकको चुक्ता पूँजी २२ अर्ब ३० करोड पुग्नेछ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया