Nepal Life

बीमा प्राधिकरणले जारी गर्यो खेलकुद बीमालेख, मृत्यु वा पुर्ण असक्त भएमा बीमाङ्क बराबरकै दाबी पाउने

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Mon 18:10
बीमा प्राधिकरणले जारी गर्यो खेलकुद बीमालेख,  मृत्यु वा पुर्ण असक्त भएमा बीमाङ्क बराबरकै दाबी पाउने
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले खेलकुद बीमालेख जारी गरेको छ । बीमा कम्पनीहरुले खेलाडीको बीमा गर्दा जोखिमको प्रकृति अनुसार र खेलको विवरण अनुसार बीमा शुल्क निर्धारण गर्न पाउने व्यवस्था गरिएको छ ।

NIMB

जसमा न्युन जोखिम अन्तर्गतका खेलहरु टेवल टेनिस, सफ्ट टेनिस शुटिङ, गल्फ, वडीविल्डिङ एण्ड फिटनेश, योग लगायतका खेलाडीको बीमा गर्दा बीमा शुल्कको प्रतिहजार २ रुपैयाँका दरले बीमा शुल्क लाग्ने व्यवस्था गरिएको छ । त्यस्तै सामान्य जोखिमका खेलहरु व्याडमिन्टन, क्रिकेट, हक्की, भलिवल, फेन्सिङ्ग, जुडो, लगायतका २४ वटा खेलका खेलाडीको बीमा गर्दा बीमाङ्कको प्रतिहजार २ रुपैयाँ ५० पैसा लाग्ने व्यवस्था गरिएको छ ।

जोखिमयुक्त इक्विसट्रियन, मोटर तथा मोटर साइक्लिङ स्पोर्टस, राफिटक्यानोइ, प्याराग्लाइडिङ्ग, क्लाइविङ्ग, पेन्टाथोलन, बञ्जी जम्पिङ्ग, मुवाँथाइ, माउण्टेन रिनङ्ग, आइस हक्की, वार स्पोर्टस, फुटबलका खेलाडीको बीमा गर्दा बीमाङ्कको प्रतिहजार ३ रुपैयाँ बीमा शुल्क पर्नेछ ।

खेलाडीहरु उच्च जोखिममा पर्ने भएकाले प्राधिकरणले खेलाडीलाई नै लक्षित गरेर बीमालेख जारी गरेको हो । यहि बीमालेख अनुसार बीमा कम्पनीहरुले बीमा गराउन सक्ने प्राधिकरणले जनाएको छ । यसमा बीमाङ्कको निर्धारण गरिएको छैन । खेलाडी तथा बीमा कम्पनीहरुले नै जोखिमाङ्कन गर्दै बीमालेख निर्धारण गर्न सक्ने प्राधिकरणले जनाएको छ ।

यस बीमालेख अन्तर्गत खेलाडीहरुको दुर्घटनाबाट मृत्यु भएमा, दुर्घटनाबाट असक्त भएमा वा घाइते भएमा बीमालेख अनुसार दाबी पाउने छन् । दाबीमा पाउने आधारहरु पनि यस बीमालेखमा स्पष्ट खुलाइएको छ । खेलाडीहरुले छोटो अवधिमा ७ दिनका लागि र बढीमा एक वर्षसम्मको अवधिका लागि बीमा गराउन सक्नेछन् । यसरी खेल अवधिलाई मात्रै लक्षित गरेर पनि बीमा गराउन सकिने व्यवस्था गरिएको हो ।

यस्तो बीमालेख खरिद गर्ने खेलाडीले युद्ध वा युद्ध सरहको अवस्थामा भएको क्षतिको क्षतिपुर्ती प्रदान गर्ने छैन । त्यस्तै विकिरणयुक्त पदार्थ तथा आणविक, रसायनिक तथा जैविक हतियारका कारण खेलाडीको मृत्यु भएमा पनि दाबी पाउन नसक्ने प्राधिकरणले जनाएको छ । त्यस्तै जानी जानी आफैले दुर्घटना गराएको अवस्था, आत्महत्या, मादक पदार्थ वा लागू औषध सेवा गरि भएको मृत्यु, पागलपन वा मानसिक सन्तुलन गुमाएको कारणले भएको मृत्युमा दाबी पाइने छैन । तर मानव जीवन रक्षा गर्ने प्रयासको अवस्थामा भने दाबी पाउने बीमालेखमा उल्लेख छ ।

यदि खेलाडीको स्थायी वा पूर्ण असक्तता भएमा बीमितले दाबी भुक्तानी पाउने छन् । ठिक नहुने गरी मेरुदण्ड काम नलाग्ने भएमा, दुबैवटा हात वा खुट्टा पुरै काम नलाग्ने भएमा, दुवै आखा नदेख्ने भएमा  बोली नफर्किने गरी बल्न नसक्ने भएमा, दुर्घटनाको कारण लेखकर्मी पुर्ण अशक्त भएमा पुर्ण दाबी पाउन सक्ने प्राधिकरणले जनाएको छ । हात वा खुट्टाको कुनै औला काम नलाग्ने भएमा बीमाङ्कको २० प्रतिशत दाबी पाउन सक्ने छन् । हात वा खुट्टा मध्ये कुनै एउटा काम नलाग्ने भएमा बीमाङ्कको ५० प्रतिशत दाबी पाउने छन् ।

दुर्घटनाबाट घाइते भएमा औषधी उपचार गर्दा लाग्ने खर्चको २५ प्रतिशत वा अधिकतम ३ लाख रुपैयाँ मध्ये जुन कम हुन्छ त्यति नै बराबरको रकम कम्पनीले उपलब्ध गराउनेछ ।

हेर्नुहोस् बीमा पोलिसीको पुर्ण विवरण

खलकुद बीमालेख २०८०

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया