Nepal Life

काभ्रेपलाञ्चोक नमोबुद्धका पूर्व वडा अध्यक्षको बन्द कोठामा हिटर बालेर सुत्दा निधन

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Tue 21:01
काभ्रेपलाञ्चोक नमोबुद्धका पूर्व वडा अध्यक्षको बन्द कोठामा हिटर बालेर सुत्दा निधन
Sanima Reliance

काठमाडौं । काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका वडा नम्बर १ का पूर्व वडाध्यक्ष कर्मग्याल्बो लामाको मृत्यु भएको छ । सोमवार राति हिटर लगाएर श्रीमतीसँगै टीभी हेरिरहेका लामाको निस्सासिएर निधन भएको हो । 

NIMB

८२ वर्षीय पूर्व वडाध्यक्षको टिभी हेर्दा हेर्दै निदाउने क्रममा निधन भएको हो । कोठामा झ्याल-ढोका सबै बन्द थियो । त्यही भएर निस्सासिएर मृत्यु भएको प्रहरीले जनाएको छ । 

मङ्गलवार बिहान अबेरसम्म बुबाआमा नउठेपछि छोरा बुहारीले ढोका खोल्दा दुवै जना बेहोस अवस्थामा फेला परेका थिए । यसपछि उपचारका लागि धुलिखेल अस्पताल  लगिए पनि अस्पतालले बिहान ९ बजेतिर लामालाई मृत घाेषित गरेकाे थियाे । उनकी श्रीमती माया लामाको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया