United Ajod

सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ हुँदै आज

Everest Bank
  • BFIS News
  • 2023 Dec Wed 10:56
सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ हुँदै आज

काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ । जिल्ला अदालत काठमाडौँमा दायर भएको मुद्दाको अन्तिम सुनुवाइ आज हुन लागेको हो ।

लामिछानेले आफूलाई बलात्कार गरेको भन्दै गत वर्ष भदौ २१ गते काठमाण्डूको गौशाला प्रहरी कार्यालयमा १७ वर्षकी किशोरीले उजुरी दिएकी थिइन्।

नेपालमा उजुरी दर्ता हुँदा लामिछाने क्यारिबीअन लीग खेल्न जमैका पुगेका थिए। केही समयपछि मात्रै नेपाल फर्किएका उनी विमानस्थलमै पक्राउ गरेका थिए।

जिल्ला अदालतले लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि केही समय नेपाल क्रिकेट सङ्घले राष्ट्रिय टोलीबाट निलम्बन गरेको थियो। तर लामिछाने धरौटीमा रिहा भएपछि क्यानले उनलाई राष्ट्रिय टोलीमा फर्कायो र अहिले उनले राष्ट्रिय टोलीबाट खेल खेलिरहेका छन्।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान समेत रहेका लामिछानेलाई गत पुस २८ गते पाटन उच्च अदालतले २० लाख रुपैयाँ धरौटी लिई उनलाई तारेखमा रिहा गरिदिएको थियो। सर्वोच्च अदालतले गत फागुन दोस्रो साता उनलाई सशर्त विदेश जान दिने अनुमति दिएको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया