Nepal Life

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरद्वारा आसरा सुधार केन्द्र फुलबारीको उद्‍घाटन

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Wed 19:39
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरद्वारा आसरा सुधार केन्द्र फुलबारीको उद्‍घाटन
Sanima Reliance

कैलाली । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले धनगढी उपमहानगरपालिका-१४ ‘डि’ गाउँ फुलबारीस्थित आसरा सुधार केन्द्र फुलबारीको बुधबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गरेका छन् । साथै सोही अवसरमा प्रहरी महानिरीक्षक कुवँरले उक्त केन्द्रको निरीक्षण गर्नुका साथै केन्द्रको परिसरमा वृक्षारोपण समेत गरेका छन् । 

NIMB

सोही अवसरमा प्रहरी महानिरीक्षक कुँवरले उक्त केन्द्रको स्थापनाका लागि सहयोग पुर्‍याउनेहरूलाई प्रशंसापत्र प्रदान गरे ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीका अन्य सुधार केन्द्र जस्तै यस शाखाले पनि आफ्नो विशिष्ट र प्रभावकारी पहिचान बनाउँदै सामाजिक सेवामार्फत नेपाल प्रहरीको पहिचानलाई अझै प्रगाढ बनाउन थप मद्दत पुर्‍याउने बताए । लागूऔषध दुर्व्यवसनीले व्यक्ति, परिवारसँगै समुदायलाई नै असर गर्ने उल्लेख गर्दै लागूऔषधको प्रयोगमा संलग्न व्यक्तिलाई रचनात्मक दिशातर्फ अग्रसर गराउन समाजका सबै तहतप्का र वर्गको साथ र सहयोग आवश्यक रहेको उनले बताए । 

प्रहरी महानिरीक्षक कुँवरले लागूपदार्थ प्रति वितृष्णा उत्पन्न गराउन लागूऔषध प्रयोगकर्ताको मनोबल र आत्मबल अभिवृद्धि गर्न जरूरी रहेको चर्चा गर्दै लागूऔषधको नकारात्मक असरबारे सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरी समाजलाई दुर्व्यसनबाट मुक्त गराउने नेपाल प्रहरीको अभियानलाई सफल बनाउन आम नागरिकको निरन्तर सहयोग मिल्ने अपेक्षा गरेका छन् । 

समसामयिक आवश्यकता, नयाँ सोच र दृष्टिकोणसहित अझ परिस्कृत, कल्याणकारी सेवामार्फत सुरक्षित र शान्त समाज निर्माणमा नेपाल प्रहरी सदैव अग्रसर रहने उनले प्रतिबद्धता समेत व्यक्त गरे । कार्यक्रममा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले लागूऔषध नियन्त्रणमा प्रहरीले उल्लेखनीय भूमिका खेलेको उल्लेख गर्दै लागूऔषध नियन्त्रणका लागि आवश्यक साथ र सहयोगका लागि उपमहानगरपालिका सदैव तत्पर रहेको बताए । 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रममा सोही कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक प्रज्वल महर्जनले स्वागत मन्तव्य व्यक्त गरे । 

कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र र नाष्ट कलेजका एमडी शिवहरी शर्मा मुडभरीले शुभकामनासहित आ-आफ्नो मन्तव्य व्यक्त गरे । 

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवर, नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिम प्रदेशका पदाधिकारीहरु, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुख, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न स्कुलका शिक्षक तथा विद्यार्थीहरू, संचारकर्मी लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया