Nepal Life

यस्ता छन् शेयर खरिद गर्दा ध्यान दिनुपर्ने कुराहरु, जसले तपाईलाई बनाउनेछ कारोबार गर्न दक्ष

Global Ime detail Page
  • नारद माणि घिमिरे
  • 2023 Dec Fri 19:53
यस्ता छन् शेयर खरिद गर्दा ध्यान दिनुपर्ने कुराहरु, जसले तपाईलाई बनाउनेछ कारोबार गर्न दक्ष
Sanima Reliance

काठमाडौं । शेयर बजारमा लगानी गर्नु भन्दा अगाडी धेरै कुराको ज्ञान लिनु पर्छ । हल्लाका भरमा लगानी गर्दा डुब्ने सम्भावना धेरै रहन्छ । त्यस्तैले शेयर बजारको वारेमा धेरै भन्दा धेरै अध्ययन गरेर मात्रै लगानी गर्नु पर्छ । यसका लागि निरन्तर अध्ययन गर्नुका साथै प्राविधिक र सैद्धातिक ज्ञानको आवश्यक पर्छ ।

NIMB

लगानीकर्ताले शेयर बजारमा खरिद बिक्री गर्दा निम्न कुराहरुलाई ध्यान दिनु पर्छ

.  सम्बन्धित कम्पनीको व्यवसायको प्रकृति, आर्थिक विवरण, जोखिम पक्ष, संस्थापक सञ्चालक सम्बन्धी विवरण जस्ता कुराहरुको अध्ययन तथा विश्लेषण ।

. जोखिम, प्रतिफल तथा भविष्यको संभावना सम्बन्धी पूर्ण ज्ञान ।

. सम्बन्धित संगठित संस्थाको कार्य सम्पादन, आर्थिक विवरण तथा वार्षिक प्रतिवेदन, संस्थापक सञ्चालकको विगतको कार्य सम्पादन, संगठित संस्थाहरु द्वारा समयसमयमा प्रवाह गरिने सूचना ।

. स्टक एक्सचेन्ज मार्फत सार्वजनिक हुने मूल्यमा प्रभाव पार्न सक्ने संवेदनशील सूचना

. लगानीकर्ताले आफूलाई विश्वास लागेको धितोपत्र दलाल वा वित्तीय विशेषज्ञसँग आवश्यक जानकारीहरु लिएर धितापत्रको खरिद बिक्री सम्बन्धी निर्णय गर्नु बढी उपयुक्त हुन्छ।

. माग र आपूर्ति हेर्ने ।

. राष्ट्र बैंकले समय समयमा जारी  गर्ने  मौद्रिक नीति तथा त्रैमासिक समिक्षा बारे जानकारी लिने।

. तरलताको अवस्था सहज भएको नभएको अध्ययन गर्ने ।

. व्याजदर एकल अंकमा रहेको नरहेको हेर्ने ।

. अन्तर्राष्ट्रिय परिवेश युद्द, महामारी, कच्चा तेलको मूल्य आदि थाहा पाउने ।

. अन्तर्राष्ट्रिय शेयर बजारको ट्रेन्ड हेर्ने।  

. नेपालको आफ्नै अर्थ तथा पूँजीबजार सम्बन्धि नीति अध्ययन गर्ने।  

. पूँजीगत लाभकर सम्बन्धि सरकारी नीति तथा मापदण्ड अध्ययन गर्ने।

. देशको राजनीतिक अवस्थामा अपडेट हुने।

. आम लगानीकर्ताको सेन्टिमेन्ट बुझ्ने।

. मुद्रास्फीति दर के कस्तो रहेछ भनेर थाहा पाउने।

. रियल स्टेट र हायर पर्चेज सम्बन्धि सरकारी नीति र तत्कालीन अवस्था।

. मार्जिन लेन्डिङको अवस्था के कस्तो रहेको छ बुझ्ने।  

. शेयर धितो कर्जा १०० प्रतिशतमा ६० प्रतिशत, ७० प्रतिशत,  ८० प्रतिशत कति पाउने भन्ने अवस्था बुझ्ने

. शेयर धितो कर्जाको जोखिमभार १०० भएको राम्रो मानिन्छ।

. पूँजीबजार प्रति राजनीतिक दलको अवधारणा के कस्तो छ भनेर बुझ्ने।  

. एनआरएनलाई शेयर बजार प्रवेश सम्बन्धि नीतिगत निर्णय तथा कार्यान्वयनको विषयमा जानकार रहने।  

. बुलिस र बियरिस चक्र बारे जानकारी लिने।  

. शेयरको प्राविधिक तथा सैद्धान्तिक विषय बारेमा जानकारी लिने।

. सामाजिक संजालमा आएका सकरात्मक तथा नकारात्मक टिप्पणी तथा वहसलाई नजिकबाट नियाल्ने।  

. शेयर बजारमा दैनिक आउने दैनिक भोल्युमलाई नजरअन्दाज गरिरहने ।  

. राष्ट्र बैंकले लगाउने CAP बारे जानकारी लिने । जस्तै हाल माइक्रोफाइनान्सको लाभांश वितरणमा १५ प्रतिशतको क्याप लगाइएको छ । यो नीतिगत व्यवस्था परिवर्तन नभएसम्म यस सूचकमा सकारात्मक प्रभाव पर्ने छैन । जव यस्तो क्यापमा परिवर्तन हुने अवस्था आउछ तव सुझबुझपुर्ण लगानी गर्ने।

. राष्ट्र बैंकले बेलाबेलामा लाभांशमा गर्ने हस्तक्षेपको विषयमा जानकार रहने ।  

. दोस्रो बजारमा रहेका कम्पनीहरु मर्जरमा जांदा भविष्यमा हुने फाइदा वा वेफाइदा बारे जानकारी लिने ।  

. पोर्टफेलियो व्यवस्थापन बारे जानकारी लिने ।  

. आफू ट्रेटर वा इन्भेष्टर के हो ? भन्ने कुरामा विश्वस्त गर्ने । यहि अनुसार आफ्नो कारोबारलाई स्थापित गर्ने।

. इन्साइडर न्युज बारे जानकारी लिने ।

. राष्ट्र बैंकले समय समयमा उपलब्ध गराउने तथ्यांक

. धितोपत्र सम्बन्धि कानुनको जानकारी आदि ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया