हुन्डाईको गाडी किन्दा ५ लाखसम्म छुट, ईभी किन्दा ५० हजारसम्म बोनस
- BFIS News
- 2024 Jan Mon 21:02
काठमाडौं । हुन्डाई अटोमोवईल्सको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै ‘हुन्डाई न्यु इयर डिलाइट-२०२४’ योजना ल्याएको छ । यो योजना पुस १६ गतेदेखि नेपाल भरका सबै शोरुममा सुरु भएको कम्पनीले जनाएको छ ।
यस योजना अन्तर्गत, ग्राहकले ५ लाखसम्मको आकर्षक नगद छुट, विद्युतीय गाडीको खरिद गर्दा प्रोत्साहन स्वरुप ५० हजारसम्मको गो-ग्रीन बोनसका साथै गाडीको मोडल इएरको आधारमा ५ लाख रुपैयाँ सम्मको छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
यो योजनामा ग्राहकले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउने छन् ।
सबै हुन्डाई आईसीई गाडीहरुमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्ग र ईभी गाडीको ब्याट्रीमा ८ वर्ष र मोटरमा २ वर्ष वारेन्टी उपलब्ध हुने कम्पनीले जनाएको छ । यस स्किमबाट हुन्डाईको कुनैपनि ह्याचव्याक, कम्प्याक्ट एसयुभी, एसयुभी तथा ईभी गाडी खरिद गरि फाइदा लिन सकिने छ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल भर १७ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु र ४३+ चारजिङ पोइन्टहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको जनाएको छ ।
हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरी करोडौँ ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।
प्रतिक्रिया