Nepal Life

आत्मनिर्भर बहुउद्देश्यीय सहकारीको २५ औं साधारणसभा सम्पन्न, ‘१० रुपैयाँबाट २४ करोडको कारोबार’

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Fri 22:35
आत्मनिर्भर बहुउद्देश्यीय सहकारीको २५ औं साधारणसभा सम्पन्न, ‘१० रुपैयाँबाट २४ करोडको कारोबार’
Sanima Reliance

काठमाडौं । आत्मनिर्भर बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष केदार प्रसाद सापकोटाको समापतित्वमा सम्पन्न भएको साधारणसभामा प्रमुख अतिथि पाँचखाल नगरपालिकाका मेयर महेश खरेल, विशिष्ट अतिथि कृषि ज्ञान केन्द्रका प्रमुख कुल प्रसाद दवाडी, पत्रकार महासंघ काभ्रेका सभापति बद्रि तिमल्सिना, पाँचखाल तथा नमोबुद्ध नगरपालिकामा रहेका सहकारीका अध्यक्षहरु, विद्यालयका प्रधानाध्यापकहरु, कृषक तथा शेयर सदश्यहरुको उपस्थिति रहेको थियो । सभामा १२ सय भन्दा धेरै सदश्यहरुको उपस्थिति रहेको अध्यक्ष सापकोटाले जानकारी दिए ।

NIMB

साधारणसभालाई संबोधन गर्दै पाँचखाल नगरपालिकाका मेयर खरेलले आत्मनिर्भर बहुउद्देश्यीय सहकारी पाँचाखाल नगरपालिककै नमुना सहकारी भएको बताउदै नगरपालिकाले आफ्नो तर्फबाट सक्दो सहयोग गर्दै आइरहेको र आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । अन्य संस्थाहरुले कुरा मात्रै गर्ने तर आत्मनिर्भरले काम गरेर देखाएको उनले बताए ।

सहकारीको नेतृत्वले विगत २५ वर्षदेखि अनवरत रुपमा सेवा गर्दै यस अवस्थासम्म ल्याइपुर्याएकोमा धन्यवाद दिएका छन् । सहकारीले कृषकलाई कर्जा लगानीदेखि लिएर दुध उत्पादन, कृषि उत्पादन, विउ उत्पादन, कोल्ड च्याम्बरदेखि लिएर हरेक कुरामा सहयोग गर्दै आइरहेको भन्दै सहकारीको नेतृत्वलाई यस्तो कार्यलाई निरन्तरता दिन समेत आग्रह गरेका छन् । सहकारीको सक्षम नेतृत्वले यस क्षेत्रकै समग्र विकासमा टेवा पुर्याएको उनले बताए ।

त्यस्तै कृषि ज्ञान केन्द्रका प्रमुख दवाडीले सहकारीले गरेका कामहरुको प्रसंशा गरेका छन् । सहकारीले २०५६ सालदेखि उत्पादनमुखी कार्यमा सक्रियता पुर्वक काम गर्दै आइरहेको हुँदा कृषि ज्ञान केन्द्रले सदैव सहयोग गर्दै आएको र भोलिका दिनमा पनि अझै धेरै सहयोग गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

पत्रकार महासंघ काभ्रेका सभापती तिमल्सिनाले सानो निक्षेपबाट सुरु गरेर आजको दिनसम्ममा १८/२० करोडको कारोबार गर्न सक्षम भएको भन्दै सहकारीको प्रशंशा गरेका छन् । सहकारीले सुरुवाति दिनमा एकजना सँग महिनाको १० रुपैयाँ बचत संकलन गरेर सुरुवात गरेको थियो । १० रुपैयाँबाट सुरु भएको सहकारी आजको दिनसम्ममा २४ करोड कारोबार गर्न सक्ने भएको छ । सहकारीको आफ्नै भवन, कोल्ड च्याम्बर रहेको छ । सहकारी आफैले कृषकको दुध संकलन गर्ने, मकै तथा धानको विउ उत्पादन गर्ने र बजारकरण गर्ने, विउ विषादी बिक्री वितरण गर्ने लगायतका काम गर्दै आइरहेको छ । थोरै मार्जिनमा काम गरेर कृषकहरुलाई सहुलियत दरमा सेवा सुविधा प्रदान गर्दै आइरहेको छ ।

सहकारीले १० प्रतिशतमा निक्षेप संकलन गरेर १४.५ प्रतिशतमा कर्जा परिचालन गर्ने गरेको छ । अन्य बैंकमा जस्तो यस सहकारीको व्याजदरमा कहिले पनि परिवर्तन हुँदैन । २०५६ सालमा बैंक वित्तीय संस्थाको अनुपस्थितिमा साहु महाजनसँग महंगो व्याजदरमा कर्जा लिनु पर्ने बाध्यतालाई समाधान गर्ने उद्देश्यले स्थापना भएको यस सहकारीले सुरुका दिनमा १० रुपैयाँ मात्रै निक्षेप संकलन गर्ने गर्थ्यो । अहिले सहकारीमा १६१६ जना शेयर सदश्य रहेका छन् । यसले निक्षेप तथा कर्जा लगानी भन्दा धेरै सामाजिक काम गर्ने गरेको छ । प्रत्यक्ष रुपमा कृषक सँग र उत्पादनमुलक कार्यमा काम गरिरहेको छ । यस सहकारीमा हरेक सदश्य शेयरधनी हुने भएकाले सबै सदश्यको हैसियत समान रहेको छ ।

पछिल्ला दिनमा सहकारीहरु बदनाम हुँदा पनि सहकारीले क्रियाशिल भएर काम गरिरहेको अध्यक्ष केदार प्रसाद सापकोटाले बताए । सहकारीमा सबै सञ्चालक स्वतन्त्र छन् । यसले गर्दा सहकारीले जुनसुकै जटिल परिस्थितिलाई सहजै सामाना गरिरहेको अध्यक्ष सापकोटाले जानकारी दिए ।

सहकारीले सामाजिक विकासका लागि आवश्यक स्रोत साधनमा ठुलो टेवा पुर्याउदै आइरहेको छ । किसानका हरेक समस्यालाई समाधान गर्ने उद्देश्यका साथ सहकारीले काम गरिरहेको उनले बताए । सहकारीले किसान सँग ११ करोड निक्षेप संकलन गरेको छ भने १५ करोड भन्दा धेरै कर्जा लगानी गरेको छ । सहकारीले विभिन्न निकायबाट सहुलियत व्याजदरमा कर्जा ल्याएर कृषकहरुलाई कर्जा परिचालन गरिरहेको छ ।

साधारणसभाको अवसरमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको छ । जसमा बृद्ध बृद्धा सम्मान, तीन जना दुध किसान, तीन जना विउ उत्पादन गर्ने किसान, तीन जना बाख्रा पालन गर्ने किसान, तीन जना गाइ पालन गर्ने किसान, तीन जना तरकारी उत्पादन गर्ने किसान, तीन जना फलफुल उत्पादन गर्ने किसान सम्मानित भएका छन् । किसानहरुलाई प्रशंसापत्र सहित सम्मान गरिएको छ ।      

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया