Nepal Life

एनएमबि बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थमा नयाँ अस्पताल वार्ड निर्माण गर्नका लागि रु.२५ लाख सहयोग

National Life
  • BFIS News
  • 2024 Jan Sun 17:38
एनएमबि बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थमा नयाँ अस्पताल वार्ड निर्माण गर्नका लागि रु.२५ लाख सहयोग
RBB

काठमाडौं । एनएमबि बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) लाई सामाजिक उत्तरदायीत्व अन्तर्गत रु.२५ लाख सहयोग गरेको छ । यस योगदानले अस्पतालमा बाल मैत्री वार्ड निर्माण गर्न मद्दत गरी बाल सवास्थ्य सुधार गर्ने प्रयासमा सहायता पुर्याउनेछ ।

NIMB

एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र KIOCH का अध्यक्ष डा. भगवान कोईराला बीच सहमति आदनप्रदान गरिएको  छ । यस सहकार्यले बैंक र अस्पतालको बाल सवास्थ्य सेवा सुधार्ने संयुक्त प्रयासलाई सशक्त रुपमा दर्साउँदछ । 

एनएमबि बैंकले समाजमा दिगो सकारात्मक परिवर्तनको पहल गर्दै सामाजिक उत्तरदायीत्व अन्तर्गत विभिन्न कार्यहरु आयोजना गर्दै आईरहेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १७१ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया