Nepal Life

नेपाल लाइफले ‘एमडिआरटी २०२४’मा पर्न सफल अभिकर्तालाई गर्यो भव्य सम्मान, गणेश अधिकारी सहित ११६ जना सम्मानित

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Mon 23:19
नेपाल लाइफले ‘एमडिआरटी २०२४’मा पर्न सफल अभिकर्तालाई गर्यो भव्य सम्मान, गणेश अधिकारी सहित ११६ जना सम्मानित
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दुई जना सिओटी सहित मिलियन डलर राउण्ड टेवल अन्तर्गत एमडिआरटी २०२४ क्वालिफार्यड हुन सफल ११६ जना अभिकर्तालाई भव्य सम्मान गरेको छ । कम्पनीले आज होटल हायातमा आयोजना गरेको कार्यक्रममा अभिकर्ताहरुलाई हौसला प्रदान गर्दै सम्मान गरेको हो ।

NIMB

देशको आर्थिक विषम परिस्थितिमा पनि नेपाल लाइफले १५ प्रतिशतले एमडिआरटीको संख्या बढाउन सफल भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले बताए । सन् २०२३ का लागि नेपाल लाइफबाट एमडिआरटीको संख्या १०१ जना थिए । 

नेपाल लाइफको आकार अनुसार एमडिआरटीको संख्या अझै सानो भएको उनको भनाइ रहेको छ । उनले भने 'संस्थाको आकार, संस्थाको भ्यालु अनुसार अहिलेको संख्या एकदमै कम हो । त्यसैले आगामी वर्षमा एमडिआरटीको संख्या दुई गुणाले बढ्दै जानु पर्यो । यसको संख्या बढाउन तपाईहरुले अझै ठुलो भुमिका निर्वाह गर्न सक्नु पर्छ ।'

सिइओ पराजुलीले गएको वर्ष एक जना पनि टिओटीमा पर्न सफल नभएको भन्दै यस वर्षका लागि आजैदेखि लक्ष्य हासिल गर्ने गरि अगाडी बढ्न आग्रह समेत गरेका छन् । 

सम्मानित हुनेमा पेशागत बीमा अभिकर्ता संघ बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारी पनि छन् । कम्पनीको अभिकर्ता संघकमा निर्वाचित अधिकाम्स अभिकर्ताहरु एमडिआरटी बन्न सफल भएका छन् ।

नेपालमा अभिकर्ताहरुमा लागि एमडिआरटी एउटा टार्गेट बनेको छ । बीमा अभिकर्ताको काम गर्दै गर्दा के बन्ने त भन्नेहरुमा लागि यसले ठुलो हौसला प्रदान गर्ने गरेको छ । त्यसमा पनि एमडिआरटी बनेका अभिकर्ताहरुले विश्वव्यापी मान्यता पाउने गर्छन् । उनिहरु एमडिआरटी सम्मेलनमा समेत सहभागी हुन पाउने भएकाले अभिकर्ताहरुका लागि यो आकर्षक लक्ष्य बन्ने गरेको छ ।

सम्मान कार्यक्रममा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली तथा सञ्चालक समितिका अध्यक्ष गोविन्द संघाइ तथा अन्य सञ्चालकहरुको समेत उपस्थिति थियो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया