Nepal Life

लोकसेवाले माग्यो २९० भन्दा धेरै नायव सुब्बा, सातै प्रदेशका लागि फागुन २६ गते प्रथम पत्रको परिक्षा

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Wed 10:17
लोकसेवाले माग्यो २९० भन्दा धेरै नायव सुब्बा, सातै प्रदेशका लागि फागुन २६ गते प्रथम पत्रको परिक्षा
Sanima Reliance

काठमाडौं । लोक सेवा आयोगले एकै पटक ३०० हाराहारीको संख्यामा नायव सुब्बाको लागि दरखास्त आह्वान गरेको छ । आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) तथा राष्ट्रिय मानव सेवा आयोगका सहायक प्रथम श्रेणीका पदहरूका लागि खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको हो ।

NIMB

१८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेका योग्य व्यक्तिले माघ १६ गतेसम्म आवेदन दिन सकिने छ भने दोब्बर दस्तुरमा माघ २३ गतेसम्म आवेदन दिन सकिने छ । महिला तथा अपांगता भएका व्यक्तिको हकमा ४० वर्ष उमेर अधिकतम उमेर कायम गरिएको छ । आवेदन अनलाइनमार्फत दिन सकिने छ ।

साथै लोक सेवा आयोग, जलेश्वर कार्यालयबाट विज्ञापन हुने पदको परीक्षा केन्द्र सिराहा जिल्लाको लहान र पर्सा जिल्लाको वीरगञ्जमा तथा लोक सेवा आयोग, सुर्खेत कार्यालयबाट विज्ञापन हुने पदको परीक्षा केन्द्र डोल्पा र हुम्ला जिल्लाको सदरमुकाममा समेत कायम गरी परीक्षा संचालन गरिनेछ ।

प्रत्येक विज्ञापनका लागि दरखास्त दस्तुर ७०० रुपैयाँ बुझाउनु पर्नेछ । समावेशी समूह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा थप समूहका लागि २०० रुपैयाँ थप दस्तुर बुझाउनु पर्नेछ । साथै उम्मेदवारले अनलाइन प्रणालीमा छनौट गरेको सेवा\समूहको क्लष्टरका आधारमा एक भन्दा बढी क्लष्टरका लागि थप २०० रुपैयाँका दरले परीक्षा दस्तुर बुझाउनु पर्नेछ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया