Nepal Life

नेपालको जीडीपी ३.९ प्रतिशतले बढ्ने विश्व बैंकको प्रक्षेपण

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Wed 14:43
नेपालको जीडीपी ३.९ प्रतिशतले बढ्ने विश्व बैंकको प्रक्षेपण
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९% रहने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्व बैंकले जारी गरेको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ अनुसार चालु आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) वृद्धिदर ३.९% रहने र आगामी आर्थिक वर्षमा वृद्धिदर ५% पुग्ने प्रक्षेपण गरेको हो ।

NIMB

यता, गत आर्थिक वर्षमा भने नेपालको जीडीपी १.९% ले बढेको हुनसक्ने विश्व बैंकले अनुमान गरेको छ । विगतमा भएको आयात प्रतिबन्धको प्रभाव र यसअघिको मौद्रिक नीतिमा गरिएको कडाइका कारण नेपालको आर्थिक वृद्धिमा असर परेको विश्व बैंकले उल्लेख गरेको छ । यद्दपि, मौद्रिक नीतिमा सहजतासँगै नेपालको आर्थिक वृद्धिदरले गति लिने प्रक्षेपण गरिएको छ ।

यता, सन् २०२४ मा दक्षिण एसियाको समग्र आर्थिक वृद्धिदर ५.६% र सन् २०२५ मा ५.९% रहने विश्व बैंकको प्रक्षेपण छ । सार्वजनिक उपभोग र लगानीसहित आन्तरिक माग दक्षिए एसियाको आर्थिक वृद्धिको प्रमुख संवाहक रहने अनुमान गरिएको छ । बाह्य मागले पनि वृद्धिमा योगदान पुर्याउने उल्लेख छ । 

सबैभन्दा बढी भारतको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा ६.४% र आगामी आर्थिक वर्षमा ६.५% रहने प्रक्षेपण छ । यता, विश्व अर्थतन्त्रको समग्र वृद्धिदर भने लगातार तेस्रो वर्ष पनि सुस्त रहने अनुमान गरिएको छ । सन् २०२३ मा २.६% रहेको विश्व अर्थतन्त्रको वृद्धिदर सन् २०२४ मा २.४% मा सीमित हुने विश्व बैंकको प्रक्षेपण छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया