Nepal Life

घलेम्दी हाइड्रोको हकप्रद शेयर बाँडफाँट, ३२ लाखभन्दा बढी कित्ता लिलामीमा आउने

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Thu 16:11
घलेम्दी हाइड्रोको हकप्रद शेयर बाँडफाँट, ३२ लाखभन्दा बढी कित्ता लिलामीमा आउने
Sanima Reliance

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले मङ्सिर १० गतेदेखि पुस १६ गतेसम्म विक्री गरेको २०० प्रतिशत हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले कात्तिक २ गतेसम्म कायम शेयरधनीहरूका लागि विद्यमान चुक्तापूँजी ५५ करोड रूपैयाँको आधारमा २०० प्रतिशत हकप्रद शेयर विक्री गरेको हो । 

NIMB

सो अनुपातमा १ करोड १० लाख कित्ता हकप्रद विक्री खुला गरेकोमा पुस २५ गते ७७ लाख ८२ हजार २७६ कित्ता हकप्रद शेयर बाँडफाँट भएको हो । कम्पनीले निष्कासन गरेको कुल कित्ता हकप्रद शेयरमध्ये ३२ लाख १७ हजार ७२४ कित्ता भने वितरण हुन सकेको छैन् । यस अवधिमा विक्री हुन नसकेको यी शेयर कम्पनीले लिलामी प्रक्रियाबाट विक्री गर्नेछ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । २०० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले सांग्रिला उर्जा लिमिटेडले निर्माण गर्न लागेको ६३ मेगावाट क्षमताको छुजुङ्गखोला जलविद्युत आयेजनामा लगानी गर्नका लागि हकप्रद शेयर निष्कासन गरेको हो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया