नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त

  • BFIS News
  • 2024 Jan Wed 21:50
नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त

काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको ३० वर्ष काम गरेर कार्यकारी निर्देशक पदबाट अवकाश पाएका कार्की कोषको कार्यकारी निर्देशक पदमा नियुक्त भएका हुन् ।

अर्थ मन्त्रालयले गठन गरेको कार्यकारी निर्देशक सिफारिस समितिले ५ जनाको नाम सर्ट लिस्ट गरेर अन्तरवार्ताका लागि बोलाएको थियो ।

खुला प्रतिस्पर्धाबाट ५ जना सर्ट लिस्टमा पर्न सफल भएका थिए । पर्वतकुमार कार्कीसहित राष्ट्र बैंकको निर्देशकबाट अवकाश पाएका राजेन्द्र पण्डित, लेखनाथ शर्मा पंगेनी, विश्वमोहन अधिकारी र डा. शिवहरि श्रेष्ठ सर्ट लिस्टमा परेका थिए । जसमध्ये कार्कीसहित राजेन्द्र पण्डित र लेखनाथ शर्मा पंगेनीको नाम नियुक्तिका लागि सिफारिस भएका थिए । पंगेनी र पण्डितलाई पछि पार्दै कोषमा कार्की नियुक्त भएका हुन् ।

राष्ट्र बैंकबाट अवकाश भएपछि उनी २०७३ मा ४ वर्षका लागि नेपाल ग्रामीण विकास वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए ।

५ क्षेत्रीय ग्रामिण विकास बैंकको मर्जरपछि तयसको नेतृत्व कार्कीले गरेका थिए । उनले त्रिभुवन विश्वविद्यालय र अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट स्नात्तकोत्तर गरेका छन् ।

ग्रामिण विकास लघुवित्तको प्रमुख कार्यकारी अधिकृतको कार्यकाल पूरा भएसँगै उनी हाल किसान लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत छन् । उनी २०७९ साउनमा किसान लघुवित्तको सीईओ नियुक्त भएका थिए ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार