Nepal Life

पाँचथरकी लेकिडोमा १९ वर्षमै निमावी तहको स्थायी शिक्षक बन्न सफल

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Mon 12:26
पाँचथरकी लेकिडोमा १९ वर्षमै निमावी तहको स्थायी शिक्षक बन्न सफल
Sanima Reliance

काठमाडौं । उन्नाइस वर्षको उमेरमै स्थायी शिक्षक ? यो कसरी सम्भव छ त ? पाँचथरको फाल्गुनन्द १ नवमीडाँडाकी लेकिडोमा तामाङ हालै शिक्षक सेवा आयोगले प्रकाशन गरेको नतिजामा निमावि तह शिक्षकको लिखित र अन्तरवार्तामा उत्तीर्ण भएर नियुक्तिका लागि सिफारिसमा पर्न सफल भएकी छिन् । 

NIMB

सिद्ध काली मावि फेदायक फिदिम ६ बाट २०७४ सालमा एसइई उत्तीर्ण उनि कोशी प्रदेशका लागि शिक्षक सेवा आयोगले गत वैशाखमा लिएको परीक्षामा सहभागी भएकी थिइन् । 

हाल उनि मोरङस्थित सुकुना बहुमुखी क्याम्पस बी ए दोस्रो वर्षमा अध्ययनरत छिन् । तामाङ माघ २ गते प्रकाशित अन्तिम नतिजामा कोशी प्रदेशबाट गणित विषयमा निम्न माध्यमिक तहको शिक्षकमा सिफारिस भएकी हुन् ।  गणित शिक्षकका रूपमा सिफारिस भएपछि उनलाई बधाई थाप्न भ्याइनभ्याई छ ।

उनले २०७६ सालमा फिदिम स्थित कञ्चनजङ्घा एकेडेमी उच्च माविबाट गणित विषममै कक्षा १२ उत्तीर्ण गरेकी थिइन् । उनले २०७९ सालमा अध्यापन अनुमतिपत्रको परीक्षा उत्तीर्ण गरेपछि खुलेको शिक्षक सेवा आयोगमा एकै पटक नाम निकालेकी उनले अब स्थायी शिक्षकको नियुक्त पाउने पक्का भएको छ ।

तामाङ बाल्यकालबाटै पढाइमा तीक्ष्ण रहेको सिद्ध काली मावि फेदायकका प्रधानाध्यापक नन्दीकेशर तुम्रोकले बताए । २०६१ वैशाखमा जन्मिएकी तामाङले १४ वर्षमै एसइई दिन प्राविधिक कठिनाइ हुने देखिएकाले नागरिकतामा उमेर बढाएर २०६० पुस लेखिएको आमा वीर मायाले बताइन् । 

‘एसइई दिन १४ वर्ष पूरा हुनुपर्ने थियो । कि कक्षा दोहोर्‍याउनुपर्ने भयो, कि उमेर बढाउनुपर्ने भयो । कक्षा नदोहोर्‍याएर उमेर बढाएर एसइई दिएकी हुँ,’ उनले भनिन्

 । लेकिडोमाका आमा र बुबा दुवै शिक्षण पेसामा छन् ।

कक्षा ९ र १० मा ऐच्छिक गणित विषय पढ्ने उनि  एक्लो विद्यार्थी थिइन् । विद्यालयमा उनि साथीहरूलाई समेत गणित विषय सिकाउथिन् । ‘बुबा गणितको शिक्षक भएकाले साथीहरू घरमै ट्युसन पढ्न आउथे । धेरैजसो मैले सिकाउँथेँ । उनले सुनाइन्। 

उनका बुवा गणित र आमा सामाजिक विषय शिक्षण गर्छन् । भाइ बहिनी भने माध्यमिक तहमै अध्ययनरत छन् । स्थायी शिक्षकमा सिफारिस भएकी लेकिडोमा सम्भवतः देशकै कान्छी शिक्षक हुनसक्ने शिक्षा तथा समन्वय एकाइ पाँचथरका प्रमुख युगमणि सवेहाङले बताए । (गोरखापत्र)

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया