Nepal Life

नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकबीच रिभोल्भिङ फण्ड सञ्चालनसम्बन्धी समझदारी

NMB Bank
  • BFIS News
  • 2026 Feb 10 13:37
नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकबीच रिभोल्भिङ फण्ड सञ्चालनसम्बन्धी समझदारी
National Life

काठमाडौं, २०८२ माघ २७ — Sustainable Economic Development in Rural and Semi-Urban Areas (SEDRA) परियोजना अन्तर्गत ग्रामीण तथा अर्ध–सहरी क्षेत्रमा वित्तीय पहुँच विस्तार र साना तथा मझौला उद्यम (SMEs) को प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको ‘Revolving Fund’ सञ्चालनका लागि नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

Shikhar
NIMB

जर्मन विकास बैंक KfW को वित्तीय सहयोगमा स्थापना गरिएको उक्त रिभोल्भिङ फण्डमार्फत लक्षित क्षेत्रका उद्यमी तथा व्यवसायीलाई सहज, समावेशी र दिगो वित्तीय पहुँच उपलब्ध गराउने लक्ष्य लिइएको छ। समझदारीअनुसार फण्डको व्यवस्थापन, सञ्चालन तथा कर्जा प्रवाहसम्बन्धी कार्यहरू राष्ट्रिय वाणिज्य बैंकमार्फत गरिनेछ भने नेपाल राष्ट्र बैंकले नियामक तथा समन्वयकारी भूमिका निर्वाह गर्नेछ।

यस पहलबाट ग्रामीण तथा अर्ध–सहरी क्षेत्रमा उद्यमशीलता अभिवृद्धि हुनुका साथै रोजगारी सिर्जना, स्थानीय उत्पादनमा वृद्धि र समग्र आर्थिक गतिविधि सुदृढ हुने अपेक्षा गरिएको छ। SEDRA परियोजनामार्फत वित्तीय समावेशीकरणलाई बलियो बनाउँदै दिगो आर्थिक विकासमा योगदान पुर्‍याउने विश्वास लिइएको छ।

सम्झौताले सार्वजनिक र विकास साझेदारबीचको सहकार्यलाई थप मजबुत बनाउने र दीर्घकालीन आर्थिक विकासका लागि प्रभावकारी वित्तीय संयन्त्र स्थापना गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया