Nepal Life

माउन्ट एभरेष्ट पावरले २५ लाख ८० हजार कित्ता आइपिओ निष्काशन गर्ने

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Mon 18:47
माउन्ट एभरेष्ट पावरले २५ लाख ८० हजार कित्ता आइपिओ निष्काशन गर्ने
Sanima Reliance

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेले सर्वसाधारण समुहको २५ लाख ८० हजार कित्ता आइपिओ निष्काशन गर्ने भएको छ । आइपिओ निष्काशनका लागि कम्पनीले एनआइबिएस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ । 

NIMB

आज कम्पनी र क्यापिटल विच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष अर्जुन प्रसाद पौडेल र एनआइएमबि एस क्यापिटल लिमिटेडका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले दुधकुण्ड खोलाको पानी प्रयोग गरी १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजना निर्माण गर्दै आईरहेको छ । सोलुखुम्बु जिल्लामा अवस्थित उक्त आयोजनाको निर्माण कार्य ८० प्रतिशत भन्दा बढी सम्पन्न भइसकेको छ ।

उक्त सम्झौता अन्तर्गत एनआइएमबि एस क्यापिटल लिमिटेडद्वारा माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको साधारण शेयरहरु सार्वजनिक निष्काशन तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यहरुमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको सेवा प्रदान गरिनेछ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया