Nepal Life

सर्वोत्तम सिमेन्टको आइपिओमा ७.३९ गुणा बढि आवेदन, ५३४० जनाले पाउने शेयरमा ३० हजार भन्दा धेरै आवेदक

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Mon 19:10
सर्वोत्तम सिमेन्टको आइपिओमा ७.३९ गुणा बढि आवेदन, ५३४० जनाले पाउने शेयरमा ३० हजार भन्दा धेरै आवेदक
Sanima Reliance

काठमाडौं । वैदेशिक रोजगारमा गएका नेपालीका लागि निष्काशन भएको सर्वोत्तम सिमेन्टको आइपिओमा ७.३९ गुणा बढि आवेदन परेको छ । सिडिएससीका अनुसार आज साँझ ५ बजेसम्ममा ३० हजार ६४३ जनाले १९ लाख ७४ हजार १४० कित्ताको लागि आवेदन दिएका छन् । 

NIMB

कम्पनीले वैदेशिक रोजगारमा गएका नेपालीका लागि २ लाख ६७ हजार कित्ता शेयर निष्काशन गरेको छ । प्रतिकित्ता ३६०.९० रुपैयाँको दरले निष्काशन भएको आइपिओमा वैदेशिक रोजगारमा गएका नेपालीहरुको अत्याधिक आकर्षण देखिएको छ । बुक विल्डिङ विधिबाट निष्काशन भएको शेयरमा अन्य कम्पनीको भन्दा कम मूल्य कायम भए पछि बढि आकर्षण देखिएको हो । 

यो शेयरमा लगानीकर्ताले न्युनतम ५० कित्ताको लागि आवेदन दिनु पर्ने भएकाले पनि आवदेन धेरै देखिएको हो । बाँडफाँड प्रकृयाँ नै एक जनाले न्युनतम ५० कित्ता पाउने भएकाले न्युनतम आवेदन ५० कित्ता तोकिएको हो । 

वैदेशिक रोजगारमा गएका नेपाली मध्ये जम्मा ५ हजार ३४० जनाले मात्रै शेयर पाउने छन् । अहिलेसम्मको आवेदनक संख्यालाई हेर्दा ३० हजार भन्दा धेरैको हात खालि हुने देखिएको छ । कम्पनीले वैदेशिक रोजगारमा गएका नेपाली सँग सँगै स्थानीय प्रभावित क्षेत्रका बासिन्दाका लागि पनि आइपिओ निष्काशन गरिरहेको छ । तर यसको विवरण भने अनलाइन प्रणालीमा देखिएको छैन । 

कम्पनीले उद्योग प्रभावित स्थानीयलाई ९ लाख ३० हजार कित्ता सेयर निष्कासन गर्ने गरेको छ । कम्पनीले खानी उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नंं. १ र २, रिब्दीकोट गाउँपालिकाको वडा नं. २, ३, ४ र ६ तिनाउ गाउँपालिकाको वडा नं. १, २ र ३ ,मायागढी गाउँपालिकाको वडा नं. ७ र ८ र निस्वी गाउँपालिकाको वडा नं. ७ मा बसोबास गर्ने स्थानीयका लागि ९ लाख ३० हजार कित्ता निष्कासन गरेको हो ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन चाडोमा माघ १० गते र ढिलोमा माघ २५ गते बन्द हुनेछ । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने माघ १० गते बन्द हुनेछ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया