Nepal Life

टिभिएस मोटरसाइकल सम्हाल्न नसकेको सिजीले हिरो मोटोकर्पको बजार धान्ला !

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Mon 22:28
टिभिएस मोटरसाइकल सम्हाल्न नसकेको सिजीले हिरो मोटोकर्पको बजार धान्ला !
Sanima Reliance

काठमाडौं । करिव एक दशक अगाडी टिभिएस मोटरसाइकल बिक्री वितरणमा चुकेको चौधरी समुहले हिरो मोटरसाइकलको  आधिकारिक वितरकको जिम्मेवारी पाएको छ । साढे तीन दशक अगाडीदेखि ज्योति समुह अन्तर्गत नेपाल जेनरल मार्केटिङ 'एनजिएम'ले कायम गर्दै आएको विरासतलाई निरन्तरता दिनु चौधरी समुहका लागि चुनौतीपुर्ण रहेको छ । 

 

NIMB

यस अघि दुई पाङ्ग्रे सवारी साधन व्यवसायमा आय लगत्तै असफल बनेको कम्पनीलाई भारतकै प्रतिष्ठित मोटरसाइकल उत्पादक कम्पनीले कुन आधारमा आधिकारिक वितरक नियुक्त गर्यो भन्ने विषय चर्चामा छ । 

नेपाली बजारमा बर्चस्व कायम गर्दै आएको हिरो होण्डा सँग प्रतिस्पर्धा गर्ने उद्देश्यले चौधरी समुह अन्तर्गत सिजी मोटोकर्पले भारतीय मोटरसाइकल उत्पादक कम्पनी टिभिएस (थिरुक्कुरुङुडी वेङ्गरम सुन्दरम)को विक्रि वितरण सुरु गरेको थियो तर सिजीको व्यावसायिक रणनीति नै फितलो भएका कारण नेपाली बजारमा आएको छोटो समयमै हात धुने अवस्थामा पुगेको थियो । ८ वर्ष अगाडी चौधरी समुहबाट आधिकारिक विक्रेताको जिम्मेवारी लिएको शंकर समुहले नेपाली बजारमा टिभिएसलाई नै स्थापित गरिसकेको छ ।  

ज्योति समूहको स्याकर ट्रेडिङले सन् १९८६ देखि हिरोहोण्डा ब्राण्डको मोटरसाइकलको आधिकारिक वितरकका रूपमा काम गर्दै आएको थियो । सन् २०१० मा हिरो र होण्डा छुट्टिएपछि दुबैलाई ज्योति समुहले नै व्यवस्थापन गर्दै आएको थियो ।

तर हिरो मोटोकर्पले एकपक्षीय रुपमा ज्योति समुहबाट खोसेर सिजी मोटोकर्पलाई मंगलबार हस्तान्तरण गरेको हो । हिरोको आधिकारिक बिक्रेताको दौडमा व्यवसायिक घरानाहरु दौडमा थिए । यसका लागि हुण्डाई गाडीको नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल, मारुती सुजुकी बेच्दै आएको सीजी होल्डिङ, टाटा गाडीको बिक्रेता सिप्रदी ट्रेडिङ र फोर्ड गाडी बिक्री गर्दै आएको गोफोर्डहरु आधिकारिक बिक्रेता दौडमा थिए । तर सिजीले बिक्रेताको जिम्मेवारी हुत्याएको छ ।

यसले वर्षौंदेखि सुपर स्प्लेन्डर र एक्सपल्स २०० मोटरसाइकल लगायत प्रतिष्ठित ब्रान्ड बिक्री गरिरहेको छ । हिरो मोटोकर्प र सिजी मोटर्सले नेपालमा उत्पादनह एसेम्बल गर्नका अत्याधिनुक ग्रीनफिल्ड सुविधा स्थापना गर्ने बताइएको छ। अब चौधरी ग्रुपले हिरो मोटरसाइकल नवलपुरमा वार्षिक ७५ हजार युनिट एसेम्बल गर्ने गरी उद्योग स्थापना गर्ने भएको छ । फागुनदेखि नै एसेम्बल उद्योग स्थापना गर्ने सिजीले जनाएको छ । यदि टिभिएसको जस्तै सेवा दिन नसक्ने हो भने सिजीका लागि फेरि पनि अटोमोबाइल व्यवसाय फलामो चिउरा सरह हुनेछ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया