Nepal Life

बजार घट्न थाले सँगै कारोबार रकम ह्वात्तै घट्यो, हिमालयन रिको सर्वाधिक धेरै कारोबार

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Tue 15:06
बजार घट्न थाले सँगै कारोबार रकम ह्वात्तै घट्यो, हिमालयन रिको सर्वाधिक धेरै कारोबार
Sanima Reliance

काठमाडौं । शेयर बजारमा लगातार गिरावट हुन थाले पछि मंगलबार कारोबार रकम पनि ह्वात्तै घटेको छ । गएका दिनमा दैनिक ७/८ अर्बको खरिद बिक्री हुने शेयर बजारमा आज ४ अर्ब २९ करोडको मात्रै कारोबार भयो । दोस्रो बजारको उतारचढावमा कारोबार रकमलाई जोडेर धेरै विश्लेषण गरिन्छ । कारोबार रकम बढ्नु शेयर बजारका लागि राम्रो संकेतका रुपमा हेरिन्छ भने कारोबार रकम घट्नुलाई राम्रो मानिदैन । 

NIMB

मंगलबार कारोबार खुल्ने वित्तीकै सुधार देखिएको शेयर बजार धेरै समय टिक्न सकेन । त्यस पछि लगातार घट्ने क्रममा २०८८ अंकसम्म तल झर्यो । दिनभर तिब्र उतारचढावकै विचमा शेयर बजार अन्तिममा ०.४० अंकको झिने अंकले घटेर बन्द भएको छ । 

कारोबार रकम भने ४ अर्ब २९ करोड रुपैयाँको मात्रै भयो । १०३ वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा १३७ वटा कम्पनीको शेयर मूल्य घट्यो । चन्द्रगिरी र नेपाल ल्युब आयलको शेयर मूल्य सर्वाधिक बढ्ने क्रममा सर्किट लागेको छ । हिमालयन रिको सर्वाधिक धेरै ५५ करोडको कारोबार भएको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया