एनआइबिएल स्टेबल फन्डमा हालसम्म ७ करोड ८५ लाख भन्दा बढी कित्ता शेयरका लागि आवेदन

  • BFIS News
  • 2024 Jan Fri 20:31
एनआइबिएल स्टेबल फन्डमा हालसम्म ७ करोड ८५ लाख भन्दा बढी कित्ता शेयरका लागि आवेदन

काठमाडौं । एनआइबिएल स्टेबल फन्डमा हालसम्म ७ करोड ८५ लाख भन्दा बढि कित्ताको लागि आवेदन परेको छ । एनआइएमबि एस क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कोष प्रवर्द्धन रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत “एनआईबिएल स्टेबल फण्ड  (NIBL STABLE FUND) ” बन्दमुखी योजनाको १ अर्ब रुपैयाँको फण्ड निष्काशन गरिरहेको छ । 

माघ २ गतेदेखि निष्काशन तथा बिक्री खुला भइरहेको योजनाको दश करोड इकाइ बिक्रीका लागि राखिएको छ । उक्त निष्काशनमा आज शुक्रवार दिउसो १२ः३० बजेसम्ममा ३५,३३५ जना आवेदकहरुद्वारा ७८५,८१,५२० इकाई खरिदका लागि आवेदन प्राप्त भएको छ । जस मध्ये ३ हजार ८५७ जना आवेदन मार्फत शेयर खरिदका लागि माग भएको १,३०,६०,८७० इकाईहरु रद्द भएका छन् ।

यस निष्काशन तथा बिक्री माघ २ गतेदेखि छिटोमा माघ ५ गतेसम्मका लागि खुल्ला गरिएकोमा उक्त अवधिभर माग बमोजिम आवेदन प्राप्त नभएकाले यहि माघ १६ गतेसम्मका लागि आवेदन मिति थप गरिएको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार