Nepal Life

हेटौडामा ग्यास गिजरका कारण निसास्सिएर युवकको मृत्यु

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Mon 21:03
हेटौडामा ग्यास गिजरका कारण निसास्सिएर युवकको मृत्यु
Sanima Reliance

काठमाडौं । हेटौँडा–९, लामसुरेमा बाथरुममा प्रयोग गरिएको ग्यास गिजरका कारण निसास्सिएर सोमबार दिउँसो एक युवकको मृत्यु भएको छ । शौचालयमा शौच गर्न गएका २५ वर्षीय युनेश काफ्लेको मृत्यु भएको हो । 

NIMB

उनका अनुसार बाथरुम छिरेका युनेश निकैबेरसम्म बाहिर ननिस्केपछि परिवारका सदस्यले बाहिरबाट बोलाएका थिए । बोलाउँदासमेत नबोलेपछि ढोका फोडी बेहोस अवस्थामा काफ्लेको उद्धर गरिएको थियो । उनलाई तत्काल उपचारका लागि मकवानपुर सहकारी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।  

प्रहरीका अनुसार शौचालय–बाथरुममा रहेको ग्यास गिजर खुल्लै भएकाले युनेश बेहोस भएको आफन्तले बताएका छन् । बाथरुममा अक्सिजनको कमी भएर काफ्लेको मृत्यु भएको हुनसक्ने चिकित्सकले बताएका छन् ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया