NIMB Header 2
Nepal Life

सिन्धुलीको दुधौलीमा १६ करोड लागतमा भव्य अस्पताल निर्माण, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

National Life
  • युवराज बास्तोला
  • 2024 Jan 30 15:38
सिन्धुलीको दुधौलीमा १६ करोड लागतमा भव्य अस्पताल निर्माण, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने
Sanima Reliance

काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिकामा १६ करोड लागतमा १५ शय्याको अस्पताल निर्माण भएको छ । नव निर्मित अस्पतालको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यहि माघ २० गते गर्ने भएका छन् । 

Shikhar
NIMB

प्राथमिक स्वास्थ्य चौकीलाई विस्तार गरि निर्माण गरिएको यो अस्पताल दुधौलीकै पहिलो नगर अस्पताल हो । संघीय सरकारको करिव १६ करोड लागतमा दुईतले भवन निर्माण सम्पन्न गर्न करिब तीन वर्ष लागेको नगरपालिकाका मेयर दिने अधिकारी दनुवारले जानकारी दिए । नवनिर्मित दुई तल्ले भवनबाट हाललाई १५ शय्याबाट सेवा बिस्तार गरिने र आगामी केहि बर्ष भित्र २५ शय्याको सेवा दिन सक्ने गरि योजना बनाइरहेको नगर प्रमुख अधिकारी बताए । 

अस्पताल सञ्चालनमा आए सँगै नगरपालिकाका १४ वटै वडाबासीले मात्रै नभएर उदयपुर जिल्लाको पश्चिमी भेग अन्तर्गत कटारी, ताराघारी, हडैया, बलिया, गिद्दावर, सिमानपुर, खोक्सा, गरास, तथा बेलसोतका स्थानीयवासीलाई समेत राहत पुग्ने नगरपालिकाको दाबी छ । 

सर्प दन्स उपचारका लागि समेत सुबिधा रहेको नवनिर्मित अस्पतालको भवन उद्घाटनको दिन माघ २० गते नगरपालिकाले सबैलाई उपस्थितिको लागि निमन्त्रणा गरिएको नगर प्रमुख अधिकारीले जानकारी दिए । अस्पताल नहुँदा टाढा टाढा जानु पर्दा विरामीले अकालमै ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य हुने नगरबासीको विश्वास रहेको छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया